Comments Add Comment

स्टिभ जब्सको तीन प्रेरणादायी कथा

कलेज छाड्ने निर्णय, प्रेम र घाटा, मृत्यु

‘महान काम गर्ने एक मात्र तरिका यो हो कि तपाईंले आफ्नो कामलाई प्रेम गर्नुपर्छ ।’ स्टिभ जब्स यसै भन्छन् । उनी अमेरिकी कम्पनी एप्पलका संस्थापक । एप्पल कम्पनीमा उनले मूख्य कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । उनको जीवन निकै संघर्षपूर्ण रह्यो । अनेक उतार–चढावकाबीच उनले आफ्नो सन्तुलन गुमाएनन् । त्यही कारण उनी संघर्ष र सफलताको मानक बने ।

उनी विश्वकै प्रभावशाली उद्यमी । उत्तिकै प्रेरणादायी व्यक्तित्व पनि ।

उनले कसरी सोच्छन्, कसरी काम गर्छन्, उनको चिन्तन शैली, कार्य–योजना कस्तो हुन्छ ? उनको अनुभव आफैमा एक प्रेरणा र पाठ हुनसक्छ नयाँ पुस्ताका लागि । यसै सन्दर्भमा स्टिभ जब्स कन्भोकेसन, स्टानफोर्डमा उनले सुनाएका प्रसंगको सार–संक्षेप यहाँ पेश गरिएको छ ।

……………

धन्यबाद । आज संसारका सबैभन्दा उत्कृष्ट विश्व विद्यालयमा एउटा दीक्षान्त समारोहमा सहभागी हुन पाउँदा म आफैंलाई गौरवान्वित महसुस गरिरहेको छु । म तपाईंहरुलाई मेरो वास्तविकता बताउन चाहन्छु । म कहिल्यै कुनै कलेजबाट पास भइन । आज पहिलो पटक म कुनै कलेजको दीक्षान्त  समारोहको यति नजिक पुगेको छु । आज म तपाईंहरुलाई आफ्नो जीवनका तीन कथाहरु सुनाउन चाहन्छु ।

पहिलो कथा : कलेज छाड्ने निर्णय

मेरो पहिला कथा ‘डट कनेक्ट’ गर्ने बारेमा छ । रिड कलेजमा भर्ना भएको ६ महिना भित्र नै मैले पढाई छाडिदिएँ, तर त्यसको १८ महिनासम्म म त्यहाँ कुनै प्रकारले आउने–जाने गरिरहें । मैले कलेज किन छाडेको भन्ने प्रश्न उठ्न सक्छ । वास्तवमा, त्यसको शुरुवात मेरो जन्म भन्दा पहिलाको हो ।

म आफ्नो जन्मदिने आमाद्वारा हस्तान्तरण गरिएका अर्कै दम्पतीबाट पालिएँ । उनीहरुको शैक्षिक योग्यता औसत थियो । त्यसैले  मलाई उनीहरुको जिम्मा लगाउन आमाले आनाकानी गरेकी थिइन् । यद्यपि ति दम्पतीले मलाई जतिपनि पढाउँछु भनेपछि मेरी आमा राजी भइन् ।

मेरो जीवनको शुरुवात त्यसरी भयो । १७ वर्षपछि म कलेज त गएँ, तर मैले स्टानफोर्ड जस्तो महंगो कलेज छानें । मेरा अभिभावकहरुको समस्त जम्मा गरिएको पूँजी मेरो पढाईमा खर्च हुन थाल्यो ।

६ महिनापछि मैले त्यस्तोे पढाईको कुनै महत्व देखिन । मलाई म आफ्नो जिन्दगीमा के गर्न चाहन्छु भन्ने कुनै कुरा थाहा थिएन र कलेजले मलाई त्यसमा कस्तो प्रकारले सहयोग गर्छ र त्यस माथि म आफ्नो अभिभावकको जीवनभरको कमाइ खर्च गरिरहेको थिएँ । त्यसैले मैले कलेज छाड्ने निर्णय गरें र जे हुन्छ राम्रो हुन्छ भन्ने सोच्न थालें । त्यो समयमा ती सबै कुरा मेरो लागि डरलाग्दो थियो । तर, आज जब पछाडि फर्केर हेर्छु त्यो मेरो जिन्दगीको सबैभन्दा राम्रो निर्णय थियो ।

मैले जब कलेज छाडें, म माथिबाट आवश्यक कक्षामा जाने बाध्यता हट्यो । म चुपचाप केवल आफ्नो रुचीका कक्षाहरुमा मात्र सहभागी हुन थालें । यी सबै कुरा त्यति सजिलो थिएन । मसंग बस्नका लागि कुनै कोठा थिएन । त्यसैले मलाई साथीहरुको कोठाको भुइँमा सुत्नु पर्दथ्यो । म कोकाकोलाको बोत्तल फिर्ता गर्दा प्राप्त भएको पैसाले खाना खान्थें ।

हरेक आइतबार ७ माइल पैदल हिँडेर हरे कृष्ण मन्दिर जान्थें, त्यहाँ म एक हप्ता भरीका लागि पेट भरी खान पाउँछु भन्ने आशाका साथ जान्थें । त्यहाँ मलाई एकदम रमाइलो लाग्थ्यो ।

मैले आफ्नो जीवनमा जे आफ्नो उत्सुकता र अन्तज्र्ञानका कारण गरें, त्यो नै मेरा लागि अमुल्य प्रमाणित भयो । उदाहरणका लागि त्यो समयमा रिड कलेज शायद संसारको सबैभन्दा राम्रो ठाउँ थियो जहाँ कलिग्राफी (अक्षरलाई खिपेर डिजाइन गर्ने कला) सिकाइन्थो । समस्त कलेजमा हरेक पोस्टर हरेक लेबल अति नै सुन्दर हातले क्यालिग्राफ गरिएको हुन्थे ।

मैले सेरिफ र स्यान सेरिफ टाइप फेसको बारेमा सिकें, कुनै राम्रो टाइपोग्राफिलाई के चिजले राम्रा बनाउन सक्छ भन्ने कुरा पनि सिकें । यो धेरै सुन्दर थियो, यति धेरै कलात्मक थियो जसलाई विज्ञानद्वारा क्याप्चर गर्न सकिदैंन थियो र मलाई त्यो अति नै राम्रो लागेको थियो ।

यी कुराहरुको प्रयोग कहिले म आफ्नो जीवनमा गर्छु भन्ने त्यो समयमा अलिकति पनि अपेक्षा समेत गरेको थिइन । तर जब हामी दश बर्षपछि पहिलो म्याकन्टोस कम्प्यूटर बनाइरहेका थियौं, तब मैले त्यसलाई म्याकमा डिजाइन गरिदिएँ । त्यसपछि म्याक सुन्दर टिपोग्राफीयुक्त विश्वकै पहिलो कम्प्युटर बन्न पुग्यो । यदि मैले कलेजबाट ड्रप–आउट नगरेको भए म्याकमा कहिले पनि मल्टिपल–टाइपफेस अथवा प्रोपर्सनल्ली स्पेस्ड फन्टहरु हुने थिएनन् । त्यसो त जब विन्डोजले म्याकको कपि गरेको थियो, शायद कसैलाई पनि पर्सनल कम्युटरमा यी कुराहरु हुन्छ भन्ने लागेको थिएन । यदि मैले कहिले पनि ड्रप–आउट नगरेको भए मैले कहिले पनि क्याल्लिग्राफीका ती कक्षाहरु लिन पाउने थिइन र त्यसपछि शायद पर्सनल कम्प्युटरमा जुन फन्टहरु हुन्छन्, ती हुँदैन नै थिए ।

वास्तवमा, जब म कलेजमा थिएँ, त्यो बेला भविष्यलाई हेरेर ती डट्सहरुलाई कनेक्ट गर्नु सम्भव थियो, तर दश वर्षपछि जब म पछाडि फर्किएर हेर्छु, सबै कुरा बिल्कुलै स्पष्ट देखिन्छ ।

तपाईं कहिले पनि भविष्यलाई हेरेर डट्स कनेक्ट गर्न सक्नु हुन्न । तपाईं केवल विगतलाई हेरेर नै डट्स कनेक्ट गर्न सक्नु हुन्छ । त्यसैले तपाईंले विश्वास गर्नु पर्छ, अहिले जे भैरहेको छ, त्यो अगाडि गएर कुनै नै कुनै तरिकाले तपाईंको भविष्यसंग जोडिने छ । तपाईंलाई कुन न कुनै चिजमा विश्वास गर्नै पर्छ–आफ्नो भाग्यमा, आफ्नो जिन्दगीमा अथवा आफ्नो कर्मममा ।

कुनै न कुनै चिजमा विश्वास गर्नैपर्छ । किनभने यी कुराहरुमा विश्वास गर्नु कि अगाडि गएर डट्सहरु कनेक्ट हुनेछन्, तपाईंले आफ्नो मनको आवाज सुन्ने हिम्मत हुनेछ….त्यो बेला पनि तपाईं बिल्कुल अलग बाटोमा हिंडिरहनु भएको हुनेछ । र, त्यसले फरक पार्नेछ ।

दोस्रो कथा : प्रेम र घाटा

मेरो दोस्रो कथा, लभ एण्ड लस (प्रेम र घाटा) का बारेमा छ । म जुन चिजलाई चाहन्थें, त्यो मैले चाँडै हासिल गर्दथें । वोज र मैले आफ्ना अभिभावकको ग्यारेजबाट एप्पल सुरु गर्ने बेलामा मेरो उमेर २० वर्षको थियो । हामीले निकै मेहनत ग¥यौं र १० वर्षमा एप्पललाई दुई जना व्यक्तिबाट बढाएर दुई बिलियन र ४ हजार मानिसहरुको कम्पनी बनायौं ।

हामीले एक वर्षअघि मात्र आफ्नो फाइनेष्ट क्रिएसन म्याकिन्तोष रिलिज ग¥यौं, म तीस वर्षको भएको थिएँ र मलाई कम्पनीले फायर गरिदिएको थियो ।

तपाईंले आफैंले बनाउनु भएको कम्पनीबाट कसरी फायर हुनु सक्नु हुन्छ ? जसै–जसै कम्पनी बढ्दै गयो, हामीले एक जना त्यस्ता प्रतिभाशाली व्यक्तिलाई भर्ना ग¥यौं, जोसंग मिलेर कम्पनीलाई अघि बढाउन सकिन्छ भन्ने मेरो सोचाइ थियो ।

पहिलो एक वर्ष त सबै राम्रै भयो । तर, त्यसपछि कम्पनीको भावी कार्य योजनालाई लिएर हामी दुईबीच मतभेद हुन थाल्यो । कुरा बोर्ड अफ डाइरेक्टर्ससम्म पुग्यो । त्यसपछि उनीहरुले उसैको साथ दिए । त्यसैले ३० को उमेरमा, मलाई निकालियो । सार्वजनिक रुपमै निकालियो, जुन मेरो पुरै वयष्क जीवनको केन्द्र थियो, त्यो अब खत्तम भैसकेको थियो, र त्यो निकै दर्दनाक र विनासकारी पनि थियो । वास्तवमै अघिल्ला केही महिनाहरुसम्म अब के गर्ने भन्ने बारेमा सोच्न समेत सकिन ।

मलाई के महसुस हुन थाल्यो भने यी सबै कुरा यति सजिलै स्वीकार गरेर मैले आफ्नो पहिलाको पुस्ताका उद्यमीहरुलाई झुकाइदिएको छु । मैले डेविड प्याकर्ड र बब नोएसलाई भेटें र उनीहरुसंग मेरो करियरमा त्यस्तो भएकोमा माफी मागें । म एउटा ठूलो पब्लिक फिगर थिएँ ।

एक पटक त मैले उपत्यका छाडेर जाने विचार समेत गरेको थिएँ । तर बिस्तारै–बिस्तारै मलाई के महसुस हुन थाल्यो भने म जे काम गर्छु, त्यसका लागि म अहिले पनि उत्साहित छु । एप्पलमा जे–जस्तो भएको थियो, त्यसका कारण मेरो धैर्यतामा कत्ति पनि कमी आएको छैन । मलाई अस्विकार गरिएको हो, तर म अहिले पनि आफ्नो कामप्रति उत्तिकै प्रेम गर्छु । त्यसले मैले एक पटक पुनः शुरुवात गर्ने सोचें । मैले त्यो बेला सोचेको थिइन, तर मलाई अहिले के लाग्छ भने एप्पलबाट निकालिएपछि राम्रो कुराहरु मसंग हुनै सक्ने छैन । सफल हुनुको बोझ अब बिगिनर भएको हल्कापनमा परिवर्तन भैसकेको थियो, म पुनः एक पटक आफुलाई निकै स्वतन्त्र महसुष गरिरहेको थिएँ । त्यो स्वतन्त्रताको कारणबाट नै मैले आफ्नो जीवनको सबैभन्दा सिर्जनशील अवधीमा जान सकें ।

अघिल्ला पाँच बर्षहरुमा मैले एउटा कम्पनी नेस्ट र एउटा अर्को कम्पनी पिक्सर शुरु गरेँ र त्यहि क्रममा मेरो भेट एउटा अति नै अचम्मकी महिलासंग भयो, जो पछि गएर मेरी श्रीमती बनिन् । पिक्सरले संसारको पहिलो कम्प्यूटर एनिमेटेड फिल्म ‘टोय स्टोरी’ बनायो, र अहिले यो विश्वकै सबैभन्दा सफल एनिमेसन स्टुडियो हो । आज एप्पल, नेक्स्टद्वारा विकास गरिएका टेक्नोलोजी नै प्रयोग गर्छ ।

अब जेरेने र मेरो एउटा सुन्दर परिवार छ । म बिल्कुलै निश्चितताका साथ भन्न सक्छु यदि मलाई एप्पलबाट ननिकालिएको हुन्थ्यो भने आज मसंग यो सबै कुरा हुँदैन थियो । यो एउटा अति नै तीतो औषधि थियो । तर, शायद बिरामीलाई त्यसको आवश्यकता थियो । कहिलेकाहीँ जिन्दगीले तपाईंलाई यसरी नै धोका दिन्छ । तर, जस्तोसुकै अवस्थामा पनि आफ्नो विश्वस गुमाउनु हुँदैन । म विश्वासका साथ भन्न सक्छु कि म केवल यसकारण अघि बढ्दै गएँ, किनभने म आफ्नो कामलाई प्रेम गर्दथें । आई लभ माइ वर्क ।

तपाईं वास्तवमै के गर्न चाहनु हुन्छ भन्ने कुरा तपाईंलाई जानकारी हुनुपर्छ, जति आफ्नो प्रेमलाई खोज्न जरुरी छ, त्यति नै त्यो कामलाई खोज्न पनि जरुरी छ, जसमा तपाईं वास्तवमै रमाउन हुन्छ । तपाईंको काम तपाईंको जिन्दगीको एउटा ठूलो अंग हुनेछ र वास्तवमै सन्तुष्ठ हुने एक मात्र तरिका हो । तपाईं त्यो काम गर्नुहोस्, जसलाई तपाईं वास्तवमै ठूलो काम सम्झनु हुनेछ । र ठूलो काम गर्ने एउटा मात्र तरिका छ, त्यो हो तपाईं त्यही काम गर्नुहोस्, जसमा तपाईं रमाउनु हुन्छ ।

यदि तपाईंले अहिलेसम्म त्यो काम पाउनु भएको छैन भने पनि तपाईं नरोकिनुहोस्, त्यो कामलाई खोजि रहनु होस् । जस्तो कि मनसंग जोडिएको हरेक चिजमा हुन्छ, त्यो जब तपाईंले फेला पार्नु हुन्छ, आफैं थाहा हुन्छ । जस्तो एउटा राम्रो सम्बन्धमा पनि हुन्छ । सम्बन्ध पनि समय संग–संगै राम्रो हुँदै जान्छ । त्यसैले खोजी जारी राख्नुहोस्, नरोकिनुहोस् ।

तेस्रो कथा :  मृत्यु

मेरो तेस्रो कथा मृत्युका बारेमा छ । जब म १७ वर्षको थिएँ, मैले एउटा भनाइ पढेको थिएँ, जुन यस प्रकारको थियो—‘तपाईं हरेक दिन त्यसरी बाँच्नु होस्, जस्तो कि यो नै तपाईंको जिन्दगीको अन्तिम दिन हो, यदि त्यसो गर्नु भयो भने कुनै न कुनै दिन तपाईं सही सावित हुनु हुनेछ ।’ यसले मेरो दिमागमा एउटा धारणा बनाइ दियो, अनि त के चाहियो र ? पछिल्लो ३३ वर्षदेखि, मैले हरेक बिहान उठेर ऐनामा हेरेको छु र आफैंसंग प्रश्न सोधेको छु—‘यदि यो मेरो जिन्दगीको अन्तिम दिन भयो भने के म आज त्यो काम गर्ने थिएँ, जुन म गर्नेवाला छु ।’

जब–जब लगातार थुप्रै दिनसम्म ‘होइन’ भन्ने जवाफ आउँछ, म बुझ्छु केही परिवर्तन गर्ने बेला भएको छ । के कुरालाई याद राख्नु पर्छ भने म निकै चाँडै मर्दैछु, मेरो आफ्नो जीवनको ठूलो निर्णय लिनमा सबैभन्दा बढि सहयोग यही कुराले गर्नेछ । किनभने म मर्दैछु भन्ने कुरा सम्झिएपछि सबै चाहनाहरु, सबै गौरवहरु, असफल हुने चिन्ता आदि सबै हराएर जान्छन्, केवल त्यही मात्र बाँकी रहन्छ, जुन अति नै आवश्यक छ । त्यसैलै एक दिन मर्नु पर्छ भन्ने कुरालाई सधैं सम्झिनाले कुनै पनि चिजलाई गुमाउने डर कम गर्ने सबैभन्दा राम्रो तरिका हो । तपाईं नांगै जन्मिनु भएको हो, त्यसैले नांगै यो धर्ती छाड्नलाई डराउनु पर्ने कुनै कारण नै छैन ।

करिब एक वर्षअघि मैले थाहा पाएँ मलाई क्यान्सर भएको छ । बिहान साढे सात बजे मेरो स्क्यान भयो, जसमा स्पष्ट देखिएको थियो मेरो प्यान्क्रियाजको ट्यूमर । मलाई त थाहा पनि थिएन प्यान्क्रियाज भनेको के हो ? चिकित्सकले करिव–करिव स्पष्ट रुपमा बताइसकेका थिए, मलाई एउटा त्यस्तो क्यान्सर भएको छ, जसको उपचार नै सम्भव छैन । र, अब म केवल ३ देखि ६ महिनाको मात्र पाहुना हुँ । चिकित्सकले मलाई घर गएर आफ्ना सबै चिजहरु व्यवस्थित गर्न आग्रह गरे । त्यसको अर्थ थियो, तिमी मर्ने तयारी गर । त्यसको घुमाउरो अर्थ के थियो भने तपाईं आफ्ना बच्चाहरुसंग आगामी दश वर्षमा गरिने कुराहरु केही महिनाभित्रमा गर । यसको अर्थ के हुन्छ भने तपाईंले सबै कुरा सुव्यवस्थित गर्नुहोस्, जसका कारण पछि तपाईको परिवारलाई कम भन्दा कम समस्या होस् । यसको अर्थ तपार्ईं सबैलाई सजिलै गुड बाइ भन्न सक्नु हुनेछ ।

मैले क्यान्सरको डाइग्नोसिसमा पुरै एक दिन बिताएँ । त्यही साँझ मेरो बायोस्पी गरियो । त्यस क्रममा मलाई चिकित्सकले यो निकै नै दुर्लभ प्रकारको प्यान्क्रियाजको क्यान्सर हो, जुन शल्यक्रिया गरेर ठिक हुन सक्छ भने । मेरो शल्यक्रिया भयो र सौभाग्यले म बाँचें ।

मृत्युको त्यति नजिक म कहिले पनि पुगेको थिइन । म आशा गर्छु अघिल्ला केही वर्षसम्म पुग्दा पनि पुग्दिन । यो सबै भोगेपछि मलाई के विश्वास भयो भने मृत्यु एउटा उपयोगी तर बौद्धिक अवधारणा हो । कोही पनि मर्न चाहँदैन, तर मृत्युबाट कोही पनि बचेका छैनन् । र यस्तै हुनु पनि पर्छ । किनभने शायद मृत्यु नै जिन्दगीको सबैभन्दा ठूलो आविष्कार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment