Comments Add Comment

एक अर्काको उद्योगका ग्यास सिलिन्डर रिफिल गर्न आग्रह

१५ चैत, काठमाडौं । नेपाल आयल निगमले एक आपसमा सहमति गरेर खाली सिलिन्डर ‘रिफिल’ गर्न ग्यास उद्योगलाई आग्रह गरेको छ ।

शनिबार सूचना प्रकाशित तरेर निगमले उद्योगहरुलाई यस्तो आग्रह गरेको हो । कुनै उद्योगको सिलिन्डर खाली नभएर ग्यास उद्योगमै रहन पुगेको तर कुनै उद्योगको सिलिन्डर अत्यधिक मात्रामा सिलिन्डर खाली देखिएको भन्दै निगमले उपभोक्तालाई सर्वसुलभ रुपमा ग्यास पाउने वातावारण बनाउन यस्तो आग्रह गरेको जनाएको छ ।

यस्तै निगमले सम्पूर्ण ग्यास विक्रेता र डिष्ट्रिव्युटर्सले दैनिक सुरुवाती मौज्दात र आफूलाई प्राप्त हुने भएको ग्यासको विवरण सर्वसाधारणले देख्ने गरी ग्यास विक्री स्थलमा टाँस गर्नुपर्ने पनि जनाएको छ ।

निगमले डिलरमा मौज्दात १४.२ के.जीको ग्यास भरिएको सिलिण्डर आईतबार १ बजेसम्म बिक्री नभए ग्यास उद्योगमा फिर्ता पठाउन पनि भनेको छ । त्यसो नगरे कडा कारबाही गरिने निगमले निर्देशनमा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment