Comments Add Comment

दोषारोपण बन्द गर्न चीन र अमेरिकालाई सिंगापुरको आग्रह

काठमाडौं । सिंगापुरका प्रधानमन्त्री ली ह्सेन लुङले कोरोना भाइरस (कोभिड–१९)बारे एक अर्कालाई दोषारोपण नगर्न अमेरिका र चीनलाई आग्रह गरेका छन् ।

सीएनएनलाई दिएको अन्तर्वार्तामा उनले पछिल्लो केही सातायता कोरोना भाइरसबारे अमेरिका र चीनले एकअर्कालाई दोषारोपण गर्ने खेल खेलिरहेको बताएका हुन् ।

उनले यस किसिमको कामले यो महामारीको समस्या छिटै समाधान गर्न सहयोग नपुग्ने उल्लेख गरेका छन् । द साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेअनुसार सो क्रममा उनले कोरोना भाइरस नियन्त्रणको प्रयासलाई अमेरिकाले नेतृत्व गरेको आफूले हेर्न चाहेको बताएका थिए ।

लीले अमेरिकासँग स्रोत, विज्ञान, शक्ति, प्रभाव र धेरैको साथ पनि रहेकाले उसले यो अवस्थामा समग्र विश्वलाई यो महामारीको समाधानमा सहयोग गर्नुपर्ने उनको भनाइ छ । तर, मानव जातिकै चुनौतीको रुपमा रहेको यो महामारीबाट बच्न उक्त स्रोतको प्रयोग नगरिनु भने दुःखको कुरा भएको उनको भनाइ छ ।

उनले अमेरिकाले यो समयमा महामारी रोक्न विश्वका देशहरुलाई नेतृत्व दिन नसके उनीहरुले अमेरिकाको विकल्प खोज्नसक्ने चेतावनी पनि दिए । लीले चीनमा पनि यो भाइरस सजिलो तरिकाले नरोकिएकाले चीनविरुद्ध अमेरिकी अधिकारीहरुले लगाउँदै आएको आरोपको खण्डन पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment