Comments Add Comment

सिप्यान अवार्डको पुरस्कार बराबरको रकम कोरोना कोषमा

१७ चैत, काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल सिप्यानको आयोजनामा हुने एनसीसीएस सिप्यान क्रिकेट अवार्ड २०२० मा पुरस्कार बापतको रकम कोरोना रोकथामका लागि सरकारले खडा गरेको कोषमा जाने भएको छ ।

सिप्यानले सोमबार विज्ञप्ती जारी गर्दै यस वर्ष प्रदान गर्ने भनिएको विभिन्न ५ विधामा छुट्याइएको पुरस्कार राशी कूल ४ लाख ६२ हजार नेपाल सरकारको कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थान गरेको कोषमा दिने जनाएको छ ।

अवार्डमा वर्ष क्रिकेट खेलाडी पुरुष र महिलाका साथै वर्ष उदीयमान खेलाडी, वर्षको उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने तय थियो ।

यस्तै सिप्यानले अवार्डको आगामी संस्करण २०२१ मा गरिनेसमेत जनाएको छ ।

यस वर्ष अवार्ड चैत २१ गते गर्ने तय भए पनि कोरोना भाइरस संक्रमणका कारण स्थगित गरिएको थियो ।

विश्वभर नै अहिले कोरोना भाइरस महामारीको रुपमा फैलिँदै गएको अवस्थामा यसबाट हुने जोखिम कम गर्ने प्रत्येक नागरिकको दायित्व र जिम्मेवारी रहेको भन्दै सिप्यानले सबै जना एकजुट भएर छिटो भन्दा छिटो यो असहज परिस्थितिको अन्त्य गरी फेरि सामान्य जीवनमा फर्केन अपेक्षा रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment