Comments Add Comment

टोकियो ओलम्पिक सन् २०२१ को जुलाईमा

१७ चैत, काठमाडौं । जापानको टोकियोमा यसै वर्ष हुने भनिएको ओलम्पिक खेलकुद प्रतियोगिता एक वर्ष पछि सरेको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र जापानले अब सन् २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म ओलम्पिक खेलकुद सञ्चालन गर्ने निर्णय गरेका जापानी समाचार संस्था क्योदोले जनाएको छ ।

यसै वर्ष तय भएको ओलम्पिक विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको थियो । ओलम्पिकको एक सय २४ वर्षको इतिहासमा पहिलो पटक ओलम्पिक खेलकुद तोकिएको मितिभन्दा पछि सारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment