Comments Add Comment

लकडाउनमा विद्यार्थी : केही त गरौं

लकडाउनका कारण देशभरीका सम्पूर्ण विद्यालय तथा कलेजका विद्यार्थीहरु यतिबेला घर–घरमै छन् । पछिल्लो आठ दिनदेखि घरभित्र रहनु पर्दा अधिकांश विद्यार्थीहरु दिक्क मान्न थालेका छन् । यो बेला उनीहरुका सामु समय बिताउने माध्यम भनेकै टेलिभिजन अथवा मोबाइल बन्न थालेका छन् ।

यद्यपि, लकडाउनको निराशाजनक क्षणलाई रमाइलो बनाउनका लागि टेलिभिजन र मोबाइलबाहेक अन्य धेरै सामग्रीहरु पनि छन्, जसलाई प्रयोग गरेर यी दिनहरुलाई घरभित्रै पनि रमाइलो गरी बिताउने सकिन्छ । ती नयाँ चिजहरुले तपाईंको अनुभवलाई समेत बढाउने छन् ।

फिटनेस पहिलो विकल्प

चौबिसै घण्टा घरमा बस्नाले हरेक व्यक्तिको रुटीन नै पूर्ण रुपले परिवर्तन भएको छ । किनभने, न त अहिले तपाईंले गर्नु पर्ने कुनै महत्वपूर्ण काम बाँकी छ, न त कुनै चिजको साधन नै छ । यस्तो अवस्थामा सबैभन्दा पहिला तपाईंले आफ्नो दैनिक रुटीमा परिवर्तन ल्याउनु पर्छ । त्यसका लागि तपाईंले हरेक दिन बिहान उठ्ने बित्तिकै ब्यायाम अथवा योगा गर्न सक्नु हुनेछ ।

तपाईंले बिहान सकेसम्म छिटो उठ्ने प्रयास गर्नु पर्छ । व्यायाम गर्नाले तपाईंको इम्यूनिटि मजबुत हुन्छ र तपार्ईंले आफैंलाई फिट राख्न सक्नु हुनेछ । यसबाहेक मेडिटेसन गर्नाले तपाईंको तनाव पनि कम हुन्छ । जसबाट तपाईंले आफैंलाई ताजा र तन्दुरुस्त पाउनु हुनेछ ।

बिरुवा रोपौं

घरमा फुर्सदले बस्नु भन्दा केही न केही साना–तिना काम गरेकै राम्रो हुन्छ । यस्तो बेलामा तपाईंले घरकै करेसाबारी अथवा कौसीमा स–साना रुख–बिरुवा रोप्न सक्नु हुनेछ । यदि स्थानको अभाव छ भने गमलामै एलोभेरा, तुलसी अथवा गोलभेंडा जस्ता विरुवाहरुलाई त सजिलसंग लगाउन सकिन्छ । यसले तपाईंको रुची वातावरणलाई सुधार्नका लागि समेत बढ्ने छ ।

चित्रकलाबाट सिर्जना 

चित्रकला अर्थात पेन्टिङमार्फत तपाईंले एक प्रकारले आफ्नो भावनाहरुलाई व्यक्त गर्ने एउटा अति नै उत्कृष्ट माध्यमको रुपमा अपनाउन सक्नु हुनेछ । यसले तपाईंको सिर्जनात्मकता समेत बढ्ने छ भने तपाईंले आफैंलाई ताजा समेत अनुभव गर्नु हुनेछ । तपाईंका लाडि लकडाउनको क्रममा यो सबैभन्दा राम्रो विकल्प हुन सक्छ ।

परिवारका साथ समय बिताउँ

स्कूल अथवा कलेजमा भएका कारण अथवा होस्टलमा बसेर पढ्ने भएका कारण तपाईंले आफ्नो परिवारसंग प्रसस्त समय बिताउन पाउनु भएको हुँदैन । यतिबेला लकडाउनले तपाईंलाई आफ्नो परिवारका सदस्यसंग बस्ने राम्रो मौका प्रदान गरेको छ । यहि बेला परिवारका सदस्यहरुसंग राम्रो समय बिताउन सक्नु हुनेछ, भान्साको काममा आफ्ना परिवारका सदस्यहरुलाई सहयोग गर्नु सक्नु हुनेछ, आफ्नै कोठालाई राम्ररी सजाउन सक्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment