Comments Add Comment

अमेरिकालाई रुसद्वारा स्वास्थ्य सामग्री सहयोग

१९ चैत, काठमाडौं । रुसले स्वास्थ्य सामग्रीले भरिएको विमान अमेरिका पठाएको छ । सीएनएनले उल्लेख गरेअनुसार रुसले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न पीपीईलगायतका सामग्री पठाएको हो ।

अधिकारीका अनुसार बुधबारसम्म उक्त स्वास्थ्य सामग्री अमेरिकामा आइपुग्ने अनुमान गरिएको छ ।

सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भएको टेलिफोन वार्तामा पुटिनले स्वास्थ्य सामग्री सहयोग गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई ट्रम्पले स्वीकार गरेका हुन् ।

रुसले अमेरिकाको खाद्य तथा औषधि मन्त्रालयले स्वीकृत गरिसकेको स्वास्थ्य सामग्री पठाएको बताइएको छ । यी सामग्री तत्कालै प्रयोग गरिने छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसले धेरै मेडिकल सामग्री पठाएको पुष्टि गरेका थिए । ट्रम्पले रुससहितका धेरै मुलुक अहिले अमेरिकाको सहयोगी बनेको उल्लेख गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

कठैबरा करिष्मा !

Advertisment