Comments Add Comment

कोरोनाविरुद्ध प्रविधि

अहिले विश्वमा कोरोना भाइरसबाहेक अन्य कुनै पनि कुरामा मानिसहरुको रुची छैन । न त मानिसहरुलाई यो भन्दा बाहिरका सामग्री पढ्ने इच्छा छ, न त गफगाफमै समेत यो भन्दा पृथक विषयले स्थान पाउँछ । नेपालसहित विश्का २ सय २ वटा देशसम्म फैलिइसकेको कोरोना भाइरसलाई कसरी नियन्त्रण गर्ने भन्नेमा अधिकांश देश  दिनरात मेहनत गरिरहेका छन् ।

नेपालसहित प्रायः सबै देशहरुले लकडाउनको घोषणा गरिसकेका छन् । यति हुँदा–हुँदै पनि कोरोनालाई नियन्त्रण गर्न गाह्रो परिरहेको छ । यद्यपि, कतिपय विकसित देशहरुले कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागि अत्याधुनिक प्रविधिको प्रयोगलाई बढाउन थालेका छन् । विदेशमा कोरोनाबाट बच्नका लाग कसरी प्रविधिको प्रयोग गरिंदैछ भन्ने विषयमा छोटो चर्चा गरौं ।

विदेशका विभिन्न देशहरुमा कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि विभिन्न प्रकारका नयाँ प्रविधिहरुको प्रयोग गर्ने क्रम बढेको छ । कतिपय एशियाली देशहरुले यो रोगसंग जुधिरहेका बिरामीहरुलाई एपका माध्यमबाट ट्रयाक गरिरहेका छन् । त्यसमा लोकेशन ट्रयाकिङको भूमिका सबैभन्दा महत्वपूर्ण मानिएको छ ।

इजरायलले आफ्ना सुरक्षा एजेन्सीहरुलाई के अधिकार दिएको छ भने उसले आफ्ना नागरिकहरुको लोकेशनको डाटा ३० दिनसम्म प्रयोग गर्न सक्नेछ । दक्षिण कोरिया, चीन तथा ताइवानले पनि लोकेशन ट्रयाकिङको माध्यमबाट नै भाइरसको संक्रमणलाई रोक्न सफल भए । जर्मनी तथा इटालीका सरकारहरुले ती प्रविधिमार्फत ती क्षेत्रहरुको बारेमा पत्ता लगाए, जहाँ धेरै मानिसहरु जम्मा भएका थिए ।

यसबाहेक कोरोनाको संक्रमणलाई रोक्नका लागि प्रयोग गरिएको अर्को प्रविधि हो मोबाइल एप ।

अमेरिकामा एउटा त्यस्ता एप लञ्च गरिएको छ, जसका माध्यमबाट मानिसहरुले संक्रमणको लक्षण रिपोर्ट गर्न सक्छन् । यसलाई धेरै मानिसहरुले डाउनलोड गरेका छन् ।

दक्षिण कोरियाले ‘कोरोना १०० एम’ नामक एप बनाएको छ । यसले पीडित बिरामीहरुको लोकेशन पत्ता लगाउन सकिन्छ । यदि पीडित व्यक्ति कुनै अर्को व्यक्तिको एक सय मिटरको क्षेत्रमा आए भने उक्त एपले स्वस्थ व्यक्तिलाई अलर्ट गरिदिन्छ ।

यसैगरी चीनमा जुन एप बनाइएको छ, त्यसले मानिसहरुलाई उनीहरुको स्वास्थ अनुसारको विशेष रंगसहितको कोड प्रदान गर्छ ।

भारतमा पनि चाँडै नै एउटा त्यस्तो एप लञ्च गरिने कुराकानी भैरहेको छ अथवा त्यसलाई चाँडै नै लञ्च गरिंदैछ, जसले उक्त एप प्रयोगकर्तालाई संक्रमित विरामी छेउमा आउने बित्तिकै अलर्ट गरिदिन्छ । उक्त एपले बिरामीहरुको लोकेशन पनि ट्रयाक गर्नेछ ।

यी प्रविधिहरुका अतिरिक्त चीनले त थुप्रै वटा आइसोलेशन वार्डहरुका केवल रोबोटहरु मात्रै प्रयोग गरेको थियो । त्यस्ता रोबोटहरुले बिरामीको ज्वरो समेत परिक्षण गर्दथे, उनीहरुलाई औषधि पनि दिन्थे तथा बिरामीहरुलाई खाना पनि खुवाउँथे ।

चीनका अतिरिक्त इटालीले पनि आफ्नो विभिन्न शहरहरुमा प्रहरीले जनतामाथि ड्रोन क्यामराले नजर राखेको थियो र मानिसहरुलाई घरभित्रै बस्ने सल्लाह दिएको थियो ।

यो महामारी चीनबाट प्रारम्भ भएकाले सबैभन्दा बढी प्रविधिको प्रयोग त्यही देशले नै गरेको छ । चीनले भीडमा कसलाई ज्वरो आएको छ भन्ने कुरा परीक्षण गर्नका लागि थर्मल क्यामराकै प्रयोग ग¥यो । उक्त थर्मल क्यामराले बढी तापमान भएका व्यक्तिलाई पहिचान गर्दछ ।

चीनले त अनुहार चिन्नेसम्मको प्रविधिको समेत प्रयोग ग¥यो । भारतको सूदुर दक्षिण भातरको राज्य केरलमा प्रहरीले सीसीटीभी क्यामराबाट संक्रमित व्यक्तिहरुको पहिचान ग¥यो । भारत एउटा ठूलो देश हुनुका साथै त्यहाँका अधिकांश मानिसहरु गाउँमा बसोबास गर्ने भएकाले नयाँ–नयाँ प्रविधिहरुको प्रयोग शहरहरुमा मात्र सिमित भैरहेको छ ।

त्यसो त अहिले सरकारले नै कडाइका साथ आफ्ना नागरिकहरुलाई घरभित्रै बस्न आदेश दिइसकेको छ । त्यसैले कुनै पनि देशका नागरिकहरुले कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन घर भित्र बस्नु मात्र उत्तम विकल्प हुने विशेषज्ञहरुको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment