Comments Add Comment

सम्बन्धमा शंका

दम्पतीबीचको सम्बन्धमा फाटो ल्याउने एउटा निहुँ हो, शंका । शंकाले लंका जलाउँछ भनिन्छ । दाम्पत्य सम्बन्धमा पनि एकअर्कामाथि गरिने शंका झगडाको बिउ बन्छ ।

शंका गरेपछि त्यसलाई मनमै राख्ने होइन, प्रश्न गर्ने बानी राम्रो हो । कुनैपनि कुरामा स्पष्ट र पारदर्शी भएको राम्रो हो । आपसी सम्बन्ध बलियो र सुमधुर बनाउनका लागि विश्वास र भरोसाको खाँचो हुन्छ । बेलाबखत शंकाले विश्वास र भरोसामा भाँजो हाल्छ ।

प्रेमजीवन विश्वासमा टिकेको हुन्छ । जसमा तपाईंको पार्टनरले तपाईंलाई आफ्नो साथी र समकालिनहरुसंग सम्बन्धित कुराहरु खुलेर बताउँछन् । उनीहरुले के कुरा गरेका थिए, लञ्च कहाँ गरेका थिए, कसले ड्रप गरिदियो जस्ता सबै कुरा यदि उसले तपाईंलाई भन्छ भने त्यसको अर्थ उसको जीवनमा तपाईंको महत्व धेरै छ । त्यसैले उसले तपाईंलाई आफ्ना सम्पूर्ण कुराहरु सहज रुपमा भन्न सक्छ ।

घर, परिवार, करियरसंग सम्बन्धित कुनै पनि निर्णय लिइसकेपछि तपाईं आफ्नो पार्टनरसंग शेयर गर्नु हुन्छ भने निर्णय लिनु अगाडि आफुलाई नभनेको अथवा उसंग किन नसोधेको भनेर उसले नराम्रो मान्ने अथवा रिसाउने गर्दैन । किनभने तपाईंको निर्णय राम्रो लाग्ने उसलाई तपाईंको यो कुरामा नराम्रो मान्दैन अथवा रिसाउँदैन भने यसको अर्थ उसलाई तपाईंको निर्णय लिने क्षमतामा पूर्ण भरोसा छ ।

हरेक कुरामा रोक–टोक गर्नु र सही प्रकारले काम गर्ने सल्लाह दिनुमा अन्तर हुन्छ । यदि तपाईंको पार्टनरले कुनै पनि सल्लाह दिन्छ भने त्यसलाई सकारात्मक रुपमा लिनु पर्छ । किनभने यसको पछाडि तपाईं  जीवनमा सफल हुनुहोस् भन्ने भावना लुकेको हुन्छ । यदि उसले केहि नसोचि तपाईंलाई सल्लाह दिन्छ भने उसले तपाईंमा सुधार गर्न सक्ने क्षमता देखेको हुन्छ ।

कुरा तपाईंसंग सम्बन्ध जोडिनु अगाडिको होस् अथवा सम्बन्ध जोडिसके पछिको होस्, यदि तपाईंको पार्टनरबाट केहि गल्ति भयो र तपाईंलाई यसको बारेमा भन्छ, लुकाउँदैन भने यसको अर्थ उसलाई आफ्नो गल्तिमा पछ्याताप छ र उसले तपाईंलाई आफ्नो अत्यन्त नजिक महसुस गर्छ,  तपाईंसँग केहि लुकाउन सक्दैन भन्ने हुन्छ । त्यस्तो अवस्थामा तपाईं उसंग रिसाउनु हुँदैन ।

दिनहुँको जीवनमा र सम्बन्धमा गल्ति हामी सबैबाट हुन्छ । यदि तपाईंको पार्टनरले तपाईंको कुनै गल्तिलाई वेवास्ता गरेर त्यो कुराको बारेमा केही भन्दैन भने त्यसको अर्थ तपाईंको उसलाई वास्ता छैन भन्ने हुँदैन । यसको अर्थ तपाईं जस्तो हुनु हुन्छ उसले तपाईंलाई त्यस्तै स्वीकार गर्छ भन्ने हुन्छ ।

कुनै पनि काम गर्दा होस् अथवा कतै जाँदा, यदि तपाईंलाई आफ्नो पार्टनरले हरेक स्थितीमा सधैं तपाईंको साथ दिन्छ, तपाईंलाई भरोसा गर्छ भन्ने लाग्छ भने उसले तपाईंलाई धेरै माया गर्छ भन्ने बुझ्नु पर्छ । तपाईंले पनि उसका विभिन्न कमी–कमजोरीलाई वेवास्ता गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment