Comments Add Comment

धनगढीका कोरोना संक्रमित युवकको परिवारका सदस्यको पनि नमुना संकलन

१९ चैत, धनगढी । धनगढीका कोरोना संक्रमित युवकको परिवारका सदस्यहरुको पनि नमुना संकलन गरिएको छ ।

सेती प्रादेशिक अस्पतालमा बुधबार उनका परिवारका १० जना सदस्यको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले जानकारी दिए ।

शनिबारदेखि धनगढी रंगशालाको क्वारेन्टाइनमा रहेका उनका परिवारका सदस्यलाई मंगलबार मात्रै घर फिर्ता गरिएको थियो । उनीहरुमा कुनै लक्षण नदेखिएपछि फिर्ता गरिएको डा. जोशीले बताए ।

उनीहरुको पनि नमुना लिनुपर्ने अवस्था आएपछि बुधबार पुनः अस्पताल ल्याएर नमूना संकलन गरिएको जोशीले जानकारी दिए । बुधबारनै परिवारका १० जना सदस्यसहित अन्य दुई जना स्वास्थ्यकर्मी र एक जना धनगढी रंगशालाको क्वारेन्टाइनमा रहेका व्यक्तिको पनि घाँटीको स्वाब संकलन गरिएको छ ।

सेती अस्पतालबाट यसअघि २६ जनाको स्वाब परीक्षाण गरिएकोमा २५ जनाको नेगेटिभ र एक जनाको पोजेटिभ रिपोर्ट आएको छ । बुधबार संकलन गरिएका १३ जनाको नमुना बुधबार सा“झ वा बिहीबार बिहान काठमाडौ“ पठाउने तयारी भइरहेको डा. जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment