Comments Add Comment

कोरोना भाइरसबाट बच्न औलोको औषधि खाँदा चिकित्सकको मृत्यु

काठमाडौ । भारतको आसाममा कोरोना भाइरस (कोभिड–१९)बाट बच्न औलोको औषधि खाँदा एक चिकित्सकको मृत्यु भएको छ । गुवाहिटीको प्रतिक्षा अस्पतालका ४४ वर्षीय उत्पालजित बर्मनको औलोको उपचारका लागि दिइने हाइड्रोक्लोरिकिन औषधि खाएपछि हृदयाघातको कारण मृत्यु भएको हो । यो औषधि कोरोना भाइरसविरुद्ध लड्न केही हदसम्म उपयोगी हुने बताइँदै आएको छ ।

बर्मनलाई हृदयाघात भएपछि अर्को अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको ज्यान गएको हो । प्रतिक्षा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट निर्मलकुमार हजारिकाले कोभिड–१९ बाट बच्न यो औषधि लिने गरेको र बर्मनले पनि सोही औषधि लिएको बताए ।

भारतको मेडिकल रिसर्च परिषद्ले पनि कोरोना भाइरसको जोखिम रहेका मानिसलाई यो औषधि सिफारिस गरेको थियो । केही दिनअघि फ्रान्सका अनुसन्धानकर्ताले पनि यो औषधि कोभिड–१९ को लागि उपयोगी हुने बताएका थिए । यसअघि चीनमा पनि कोभिड–१९ को उपचारका लागि क्लोरिकिन फोस्फेट र हाइड्रोक्सिक्लोरिकिनको प्रयोग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment