Comments Add Comment

साम्राज्ञीले बर्षमा एउटा मात्र फिल्म खेल्ने

नेपाली चलचित्रकी सफल नायिका हुन साम्राज्ञी राज्यलक्ष्मी शाह । उनले अभिनय गरेको पहिलो चलचित्र ‘ड्रिम्स’ हिट भएपछि उनको चर्चा पनि चुलियो । यसपछि, उनलाई एकपछि अर्को चलचित्रको अफर आयो । तर, पछिल्लो समय रिलिज भएका केही चलचित्रले उनलाई सन्तुष्टी दिन सकेका छैनन । उनले चाहेर पनि गतिलो चलचित्र खेल्न सकेकी छैनन वा उनको क्रेज कमजोर भयो, यो विश्लेषण गर्ने बिषय बन्ला ।

तर, साम्राज्ञीअब पहिले जस्तो एकपछि अर्को चलचित्रमा काम गर्ने सोचमा छैनन । शुभचिन्तकसँग कुरा शेयर गर्दै सामाज्ञीले अब आफूले पहिलेको जस्तो बर्षमा २ वटासम्म चलचित्रमा काम नगर्ने बताएकी छिन ।

यसको पछाडि धेरै कारण रहेको उनको तर्क छ । उनले सामाजिक संजाल लाइभमा भनेकी छिन–‘मैले अहिले नयाँ चलचित्र साइन गरेकी छैन । अब, म पहिलेको जस्तो बर्षमै २ वटासम्म चलचित्रमा काम गर्दिनँ । यसको पछाडि धेरै कारण छन । म पनि यसै भन्न सक्दिनँ ।’

उनको यो तर्कले पनि के भन्न सकिन्छ भने, दर्शकले अब सामाज्ञीको चलचित्र बर्षमै एक वा दुइवटासम्म हेर्न पाउने छैनन । उनले आफूलाई मन परेको कथा आएको खण्डमा मात्र काम गर्ने बताएकी छिन ।

अब, सामाज्ञीलाई मनपर्ने कथा कहिले उनीसम्म पुग्ला, दर्शकले लामै समय पर्खिनुपर्ने हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment