Comments Add Comment

‘चिनियाँ नाका खोल्ने निर्णय पुनर्विचार हुन सक्दैन’

२० चैत, काठमाडौं । नेपाल चीन प्रमुख व्यापारिक नाका रसुवागढी नखोल्न स्थानीय तहले गरेको अनुरोधमा कुनै पुनर्विचार नहुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

रसुवागढी नाका सञ्चालनमा नल्याउन गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर २ ले गरेको निवेदन मन्त्रालयमा आएकोबारे प्रतिक्रिया दिँदै वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले यस्तो बताएका हुन् ।

‘देशलाई अति जरुरी भएकाले कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले नाका खोल्ने निर्णय गरेको हो, यसमा कसैको अवरोध लाग्दैन्’ सचिव अर्यालले भने । वडाको पत्र मन्त्रालयको जानकारीमा आएको भन्दै उनले र नाका खोल्ने वा नखोल्ने भन्ने अधिकर वडालाई नभई केन्द्र सरकारको विषय भएको बताए ।

नेपाल चीन व्यापार नियमित गर्नु तथा नाकामा अड्किएको माल वस्तु सुरक्षित ढंगबाट स्वदेश भित्र्याउनु अहिलेको प्रमुख विषय भएको सचिव अर्यालको भनाइ थियो । कोरोना भित्रिन्छ कि भन्ने स्थानीयको शंका जायज भए पनि सरकारले अबलम्बन गरेको स्वस्थ्य सुरक्षाको प्रणालीलाई विश्वास गर्न उनले स्थानीय तहलाई आग्रह गरे ।

मन्त्रालयका अनुसार नाका सञ्चालनमा नआउँदा एक सय ३० टन हाराहारी स्याउ बाटोमै थन्किएको छ । यस्तै लत्ता कपडा र लसुन पनि नेपालतर्फ आएर सडकमा अड्किएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment