Comments Add Comment

निको भए २ लाख कोराना संक्रमित

चीनमा स्थापना गरिएको पहिलो कोरोना हस्पिटलबाट स्वास्थ्यलाभ गरेर घर फर्कंदै गरेका एक व्यक्तिलाई बिदाइ गर्दै स्वास्थ्यकर्मीहरू ।

२० चैत, काठमाडौं । कोभिड–१९ महामारीको संक्रमणमा परेका २ लाखभन्दा बढी बिरामी निको भएका छन् । बिहीबार साँझसम्म २ लाख ३ हजार ११ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ ।

२ सयभन्दा बढी देशमा पुगेको कोरोना भाइरसबाट संक्रमितको संख्या ९ लाख ६० हजार पुगिसकेको छ । उनीहरूमध्ये ७ लाख जनामा यसको संक्रमण अझै बाँकी छ ।

कोरोनाबाट हालसम्म ४९ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

नेपालमा कुल संक्रमितको संख्या ६ पुगेको छ । जसमध्ये ५ जनाको उपचार चलिरहेको छ भने १ जना निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment