Comments Add Comment

OTTISH सहुलियतमा अनलाइन तयारी कक्षा प्रदान गर्ने

२० चैत, काठमाडौं । ‘लकडाउन’ को बेलामा पनि घरमै बसेर आफुलाई उपयोगी हुने कक्षा भिडियोमार्फत तयारी गर्न सकिने गरी बिज्हब आइटीले अनलाइन तयारी कक्षामा सहुलियत दिने भएको छ ।

संस्थाले www.ottish.com नामको अनलाइन प्लेटफर्म मार्फत विभिन्न विधाका अनलाइन तयारी कक्षाहरु प्रदान गर्दै आइरहेको छ । कम्पनीले लोकसेवा तयारी कक्षा, चार्टर्ड एकाउन्टेंन्सी तयारी कक्षा साथै ई.पी.एस अन्तर्गतका कोरियन भाषा तयारी कक्षाहरुमा भारी छुट तथा सहुलियतको घोषणा गरेको हो ।

संस्थाका  सस्थापक निर्देशक सीए प्रदीप सिग्देलका अनुसार यस्तो परिस्थितिमा संस्थाले लोकसेवा तर्फका सम्पूर्ण पत्रहरुको तयारी कक्षामा २५ प्रतिशत र सिएको तयारी कक्षामा २० प्रतिशत छुटको व्यवस्था गरेको हो ।

संस्थाले प्रदान गरेका तयारी कक्षाहरुको शुल्कबाहिर ट्युसन इन्स्टिच्युटहरुले लिने शुल्क भन्दा ७५ प्रतिशत न्युन रहेको दाबी गरेको छ ।

साथै Ottish ले लोकसेवा अन्तर्गत खरिदार तहको तयारी गरेर बसिरहेकालाई मध्यनजर गर्दै महिला, दलित, अपांगत, जनजाती, मधेसी, दुर्गम क्षेत्रका जेहेन्दार तथा गरिब विद्यार्थीहरुलाई जिके र आईक्यू खण्डका अनलाइन तयारी कक्षाहरु निःशुल्क प्रदान गर्नुका साथै छात्रावृत्तिका लागि दरखास्त आव्हान गरेको छ ।

योजना आन्तर्गत गरिब तथा जेहेन्दार मध्ये बाट २ जना ,दलित तथा जनजाती मध्येबाट २ जना , अपाङ्ग मध्येबाट २ जना ,  दुर्गम छेत्रको लागि २   जना , मधेसी समुदायको लागि १  जना र महिला मध्ये बाट १  जना गरि जम्मा १० जना लाइ प्रदान गरिनेछ । विद्यार्थीहरुले एसएलसी / एसईईको मार्कसिट नागरिकताको प्रतिलिपि सहित चैत २५ गतेसम्म छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment