Comments Add Comment

ढोरपाटनमा मेयरले गरे खाद्यान्न वितरण

२१ चैत, काठमाडौं । ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीले अतिविपन्न परिवारहरुलाई राहत सामाग्ी वितरण गरेका छन् ।

नगरपालिको बुर्तिवाङ क्षेत्रका अतिविपन्न १०५ परिवारहरु छनोट गरी मेयर नेपालीले व्यक्तिगत खर्चमै राहत सामाग्री सहयोग गरेका हुन् ।

मेयर नेपालीले दैनिक ज्यालादारी मजदूरहरुलाई खान समेत समस्यामा परेको सूचना पाए पछि आफ्नै व्यक्तिगत खर्चमा सहयोग गरेको जानकारी दिए ।

मेयर नेपाली र उनकी श्रीमती छेला नेपालीले गाउँका अति विपन्न सबैलाई बोलाएर राहत बितरण गरेका हुन् ।

मेयर नेपालीका अनुसार परिवार २५ किलो चामल, तेल आधा लिटर, नुन एक किलो, दाल २ किलो, चिनी एक किलो, मस्यौरा एक प्याकेट र ५ प्याकेट चाउचाउ बितरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment