Comments Add Comment

शान्ति समाज रुपन्देहीद्वारा सुकुमबासी बस्तीमा राहत वितरण

२१ चैत, बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले वुटवल उपमहानगरपालिका-११ स्थित हात्तीसुढको सुकुम्वासी टोलका विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

कोरोनाका त्रासका कारण लकडाउनका समयमा हातमुख जोर्नै समस्या भएका ७० परिवारलाई राहत वितरण गरिएको समाजका रुपन्देही सभापति डीपी खनालले बताए ।

५० हजार मूल्य बराबरको राहत सामग्री सहयोग गरिएको छ । उनीहरुलाई चामल, तेल, नुन, आलु सोयाविन, साबुन, चाउचाउ, र मास्कसहितका सामान वितरण गरिएको हो ।

शान्ति समाजले बिहान बेलुका छाक टार्न समस्यामा परेकाहरुलाई मानवीयताको हिसाबले खाद्यान्न वितरण गरिएको समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले बताए ।

रुपन्देही शाखा सभापति डीपी खनाल, प्रेस युनियनका निवर्तमान सभापति विक्रम खड्का, समाजका सचिव अर्जुन ज्ञवाली, सहसचिव कपिल ज्ञवाली, सदस्य कृष्ण पाण्डे, हात्तीसुढ बस्ती सुकुमबासी टोलका अध्यक्ष भीमसेन श्रेष्ठसहितको टोलीले राहत सामग्री प्रदान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment