Comments Add Comment

धनगढीमा शनिबार र आइतबार तीन घण्टा खाद्य पसल खुल्ने

२१ चैत, कैलाली । धनगढीमा शनिबारबाट हप्ताको दुई दिन तीन घण्टा मात्रै खाद्य पसल खुल्ने भएको छ ।

शनिबार र आइतबार बिहान छ बजेदेखि ९ बजेसम्म पसल खोल्न दिने निर्णय गरिएको नगर प्रमुख नृपबहादुर वडले जानकारी दिए ।

यो अवधिमा दुधजन्य, किराना, मासुजन्य पसलहरु खुल्नेछन् । त्यसपछि फेरि बैठक बसेर अन्य निर्णय गरिने नगर प्रमुख वडलेले जानकारी दिए ।

उपमहानगरपालिकामा खाद्य उद्योग सञ्चालन गर्न दिने निर्णय समेत गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले बताए ।

अहिले परीक्षणका लागि तीन घण्टा पसल सञ्चालन गर्ने र प्रभावकारी भए लम्बाउने, नभए स्थगित गर्ने सहमति भएको उनले बताए ।

उपमहानगरपालिकामा उद्योगी व्यवसायी र सरोकारवाला बीच सहमति गरेर यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment