Comments Add Comment

क्वारेन्टाइनहरु लैङ्गिक अल्पसंख्यक अनुकूल बनाउन माग

२२ चैत, काठमाडौं । यौन र प्रजनन अधिकारका लागि काम गरिरहेका १६ वटा गैरसरकारी संस्थाले लैङ्गिक अल्पसंख्यक समूहको चिन्ताप्रति नेपाल सरकारलाई संवेदनशील हुन आग्रह गरेका छन् ।

विज्ञप्ति जारी गर्दै संस्थाहरुले संघीय, प्रान्तीय र स्थानीय तहका सरकारले कोरोना भाइरसको पूर्वतयारीको लागि बनाइएका क्वारेन्टाइनस्थलहरु लैङ्गिक र यौन अल्पसंख्यक समूह अनुकूल भएको सुनिश्चित गर्नुपर्ने माग गरेका हुन् ।

लैङ्गिक पहिचान र झुकाव जे भएपनि संकटको समयमा सरकारले लैङ्गिक अल्पसङ्ख्यकहरुलाई कुनै पनि प्रकारका दुरुपयोग र उत्पीडनबाट जोगाउनुपर्ने उनीहरुको माग छ ।

‘राइट हियर राइट नाउ’ नेपालमा युवा एनजीओहरूको संघ (आयोन), ब्लु डायमण्ड सोसाइटी, परिवार नियोजन संघ नेपाल, नेपालमा यौन र लैङ्गिक अल्पसंख्यक महासंघ र युवालयलगायतका संस्थाहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment