Comments Add Comment

कोरोना भगाउने मोदीसूत्र– पहिले घण्टी बजाइयो, अब दियो बाल्ने

‘लक्ष्मण रेखा नतोडौं, कोरोना उपचारको रामवाण यही हो’

२२ चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत मार्च २२ तारेख आइतबारका दिन देशबासीलाई थाल ठटाउन र घण्टी बजाउन आग्रह गरेका थिए । अहिले मोदीले कोरोनासँग लड्नका लागि बिजुली निभाएर दियो बाल्न देशबासीसँग आग्रह गरेका छन् ।

‘५ अप्रिलमा हामी सबै मिलेर कारोनाको संकटको अन्धकारलाई चुनौती दिनुछ । उसलाई प्रकाशको तागतको परिचय गराउनु छ,’ मोदीले भनेका छन्, ‘५ अप्रिल आइतबार राति ९ बजे म तपाईंहरु सबैको नाै मिनेट चाहन्छु । ध्यानसँग सुन्नुहोस्, ५ अप्रिलमा, आइतबार राति ९ बजे घरका सबै लाइट बन्द गरेर घरको ढोकामा या बाल्कोनीमा उभिएर नाै मिनेटका लागि मैनबत्ती, दियो, टर्च, या मोबाइलको फ्ल्यास लाइट जरुर जलाऔं ।’

दियो वा मैनबत्ती जलाउँदा एक ठाउँमा भेला नहुन मोदीले आग्रह गरेका छन् । उनको आग्रह छ- सामाजिक दुरीको लक्ष्मणरेखा कसैले नतोडौं, कोरोना उपचारको रामवाण यही हो

हिन्दु धर्मप्रति आस्था राख्ने प्रधानमन्त्री मोदीले आध्यात्मिक कुरा गर्दै भनेका छन्, ‘जनता जनार्दन ईश्वरकै रुप हुन्, यसैले जब देश यति ठूलो लडाइँ लडिहेको छ, यो लडाइँमा बारबार जनतारुपि शक्तिको, विराट स्वरुपको, साक्षत गर्दै रहनुपर्छ । यो साक्षात्कारले हामीलाई मनोबल दिन्छ । ‘५ अप्रिलमा हामीले एक सय ३० करोड देशवासीमा महाशक्तिको जागरण गर्नुछ ।’

कोरोनाको महामारीबाट गरिब जनतामा सबैभन्दा बढी निराशा छाएको भन्दै भारतीय प्रधानमन्त्री मोदीले भनेका छन्, ‘कोरोना महामारीबाट फैलिएको अन्धकारका बीच हामी निरन्तर प्रकाशतर्फ जानुछ । ‘चारैतिर जब व्यक्तिले एक-एक दियो जलाउने छन्। तब प्रकाशको महाशक्तिको महसुस हुनेछ ।’

२२ मार्चमा जनता कर्फ्यु, घण्टी बजाउने, थाली बजाउने जस्ता कार्यक्रम गरेपछि जनताको सामूहिक शक्तिको महसुस भएको बताउँदै मोदीले कोरोनासँग लड्ने दोस्रो तरिका सुझाएका हुन् ।

मोदीले आफ्नो ११ मिनेटको भिडियो सन्देशमा भनेका छन्, ‘आउनुहोस् साथमा मिलेर कोरोनालाई हराऔं, भारतलाई विजयी बनाऔं ।’

तर, दियो वा मैनबत्ती जलाउँदा एक ठाउँमा भेला नहुन मोदीले आग्रह गरेका छन् । उनको आग्रह छ, ‘सामाजिक दुरीको लक्ष्मणरेखा कसैले नतोडौं, कोरोना उपचारको रामवाण यही हो ।’

मोदीमाथि प्रश्न- दियो बालेर कोरोना भाग्छ ?

भारतीय प्रधानमन्त्री मोदीले देशभरि दियो बालेर कोरोना भगाउन आग्रह गरिरहँदा उनको यो कार्यक्रम मार्च २२ को जस्तो प्रधावकारी नहुने संकेत देखिएका छन् ।

किनभने, विपक्षी दल  विभिन्न राज्यका मन्त्रीहरुले नै दियो बालेर कोरोना नभाग्ने भन्दै आफूले दियो नबाल्ने घोषणा गरेको भारतका विभिन्न सञ्चार माध्यममा समाचारहरु आइरहेका छन् ।

सोसियल मिडियामा पनि मोदीको आह्वानबारे दुईथरि विचारहरु प्रकट भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment