Comments Add Comment

सास गन्हाउँने समस्यामा के गर्ने ?

मुखबाट आउने दुर्गन्धको कारण सामान्यतया खानाको प्रकार, धुम्रपान, सुर्ती सेवन, दाँत र मुखको सही हेरचाह नगर्नु, स्वास्थ सम्बन्धि समस्याहरु, मुखको सुख्खापन, दाँतका समस्याहरु तथा मुखको संक्रमण आदि पनि हुन सक्छ ।

मुखमा समावेश ¥यालले हाम्रो मुखलाई हाइड्रेट गरिराख्न सहयोग गर्छ । त्यस ¥यालमा समावेश एन्टि–ब्याक्टेरियल तत्वले दाँतलाई विभिन्न प्रकारको रोगहरुबाट बचाउने काम गर्छ । यदि कुनै पनि कारणले मुख सुख्खा हुन थाल्यो अथवा ¥यालको कमी भयो भने केवल मुखबाट दुर्गन्ध आउने समस्या मात्र नभएर दाँतमा पनि विभिन्न किसिमको रोगहरु उत्पन्न हुन्छ ।

मुखको दुर्गन्ध

मुखको दुर्गन्ध आउने समस्या भएमा समय– समयमा पानी पिइरहनु पर्छ । आफ्नो उमेर र आवश्यकताको हिसाबले पानीको मात्रा मिलाएर सेवन गर्नु पर्छ । खाना खानुभन्दा १५ देखि २० मिनेट अगाडि तथा खाना खाएको १५ देखि २० मिनेटपछि एक–एक गिलास पानी पिउनु आवश्यक छ ।

मुखको दुर्गन्धलाई हटाउनका लागि शुगर फ्री क्यान्डि र चुईंगम खान सक्नु हुन्छ । चुईंगम खानाले मुख र दातको एक्सरसाइज पनि हुन्छ । जसका कारण गालालाई शेपमा राख्न पनि सहयोग पुग्छ ।

चिनी–नुन र मदिरामा नियन्त्रण गर्नु पर्छ

चिया र कफीका शौखिन हुनु हुन्छ भने हदभन्दा धेरै कुनै पनि कुराको सेवन गर्नु नराम्रो कुरा हो । क्याफिन पनि मुखबाट निस्कने दुर्गन्धका लागि जिम्मेवार हुन सक्छ । अल्कोहल र साल्टी फूडको सेवन कम गर्नु पर्छ । यसको स्थानमा फलफूल तथा सलाद खानु पर्छ ।

सासको दुर्गन्धबाट छुटकारा पाउने तरीका

दिनमा दुई पटक ब्रस गर्नु पर्छ

दुर्गन्धरहित सास र मुखको स्वास्थ्यका लागि तपाईंले विहान उठेपछि र राती सुत्नु अगाडि ब्रश गर्नु आवश्यक छ । तपाईं विहानको ब्रेकफास्टपछि पनि ब्रश गर्न सक्नु हुन्छ । त्यसो गर्दा धेरै समयसम्म मुख सफा रहन्छ र स्वासबाट खानाको बास्ना पनि आउँदैन ।

यी चीजहरु खानु पर्छ

जाडो मौसममा चिया र कफी धेरै पिउने गरिन्छ । त्यसैले ओरल हाइजिन भैरहोस् भन्नाका लागि सुन्तला, गाजर, ज्वानो आदि खानु पर्छ । यसले तपाईंको पेट सफा हुन्छ र मुखबाट दुर्गन्ध पनि निस्कदैन ।

डाक्टर कहाँ जाने समय

आफ्नो स्वासलाई ताजा बनाइराख्नका लागि नियमित समयमा डाक्टरसंग दाँत जँचाइरहनु आवश्यक छ । तपाईंको खानपानका कारण नै मुखसंग सम्बन्धित समस्याहरु र स्वासको दुर्गन्धको प्रमुख कारण हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment