Comments Add Comment

बक्सर यार्डको परिवारमा कोरोनाले बज्रपात, बुबापछि हजुरआमाको मृत्यु

काठमाडौं । विश्वभर अहिले कोरोना भाइरसले गर्दा देनिक मृत्यु हुनेहरुको संख्या बढेको छ । कुनैपनि क्षेत्र र ठाउँ मानिस छैन जहाँ कोरोनाले नछोएको होस् । विश्वका चर्चित व्यक्तिहरु पनि यस रोगको शिकार भइसकेका छन् ।

बेलायती बक्सर एन्थोनी यार्डको परिवारमा भने कोरोनाले दुई जनाको मृत्यु भइसकेको छ । लाइट हेभिवेइट बक्सर यार्डको हजुरआमाको कोरोनाके कारण केही दिनअघि मृत्यु भएको थियो ।

त्यसको केही दिनपछि नै कोरोना भाइरसको कारण यार्डको बुबाको मृत्यु भएको छ । ‘मेरो बुबा र उनको आमाको केही दिनको अन्तरालमा मृत्यु भएको छ ।’ यार्डले सामाजिक सञ्जालमा लेखेका छन् ।

२८ वर्षीय मुक्केबाज यार्डले सबै जनालाई घरमै बस्न आग्रहसमेत गरेका छन् । ‘यो सिरियस छ ।’ यार्डले सामाजिक सञ्जालमा लेखेका छन् । ‘बाहिर जान आवश्यक नहुँदा पनि मानिसहरु बाहिर निस्किरहेका छन् । कोरोनाबारे धेरै खाले धारणाहरु छन् र मेरो आफ्नै छ । घरमै बस्नुस् ।’

कोरोनाको कारण यार्डको बुबाको मृत्यु एक साता अघि भएको थियो । यार्डले आफ्नो बुबा फिट रहेको र कुनै स्वास्थ्य समस्या नरहेको बताएका थिए । त्यसको केही दिनपछि नै उनको परिवारमा अर्को दु:ख आइपर्यो । दुई दिनअघि बिहीबार कोरोनाकै कारण उनको हजुरआमाको मृत्यु भएको हो ।

यार्डको अर्को बक्सिङ फाइट ११ अप्रिलमा बेलायतको लाइण्डन आर्थरसँग हुने तय थियो । तर कोरोना भाइरसको कारण उक्त इभेन्ट ११ जुलाईमा सरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment