Comments Add Comment

एफएनसीसीआईले सरकारलाई दियो ४५ हजार किलो खाद्यान्न

२३ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले राहत स्वरुप संकलन गरेको खाद्यान्न सरकारलाई हस्तान्त्ररण गरेको छ ।

आइतबार एक कार्यक्रमका बीच ४० हजार किलो चामल र पाँच हजार किलो दाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई हन्तान्तरण गरेको महासंघले जनाएको छ ।

काठमाडौं महानगरपालिका ३१ वडा शान्तिनगर क्षेत्रमा वितरण गर्नेगरी उक्त सहयोग महासंघले हस्तान्तरण गरेको जनाएको छ ।

सहयोग खाद्य सामग्री वडा कार्यालयले संकलन गरेको विपन्न परिवारलाई वितरण गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment