Comments Add Comment

धुलिखेलमा पनि कोरोना परीक्षण, तर सातामा दुई दिनमात्रै

२३ चैत, काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस संक्रमण सम्बन्धी परीक्षण शुरु भएको छ ।

सातामा दुई दिन आइतबार र बुधबार संक्रमणसम्बन्धी परीक्षण गर्ने गरी सेवा सुरु भएको अस्पतालका सूचना अधिकारी डा.सुमनराज ताम्राकारले जानकारी दिए ।

संक्रमण परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण सीमित भएका कारण तत्कालका लागि दुई दिन मात्रै सेवा सुरु गरिएको डा.ताम्राकारले बताए ।

पर्याप्त स्वास्थ्य सामग्री र संक्रमणको अवस्था हेरर परीक्षणलाई बढाउँदै लगिने पनि अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment