Comments Add Comment

चीनमा साढे चार लाख कम्पनी बन्द

२४ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा चार लाखभन्दा बढी कम्पनीहरू बन्द भएका छन् । गत डिसेम्बर अन्तिम साता कोभिड–१९ देखियता चार लाख ६० हजार चिनियाँ कम्पनी बन्द भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

बन्द भएकामध्ये अधिका‌ंश कम्पनीहरू तीन वर्षदेखि सञ्चालनमा थिए । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमा २६ हजार निर्यात फर्महरू बन्द भएका छन् ।

जनवरीदेखि मार्चसम्ममा ३२ लाखवटा नयाँ विजनेस फर्म दर्ता भएका छन् । यो गतवर्षको सोही अवधिको तुलनामा २९ प्रतिशतले कम हो ।

वुहानबाट सुरु भएको कोभिड-१९ बाट चीनमा तीन हजार तीन सय ३१ जनाको ज्यान गइसकेको छ । कोरोनाबाट ज्यान जाने चीन सातौं ठूलो देश हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार चीनमा ८२ हजार नौ सय ३० जनामा कोरोना संक्रमित थिए । उनीहरूमध्ये एक हजार दुई सय ९९ मा मात्रै यसको संक्रमण बाँकी छ । त्यहाँ गम्भीर बिरामीको संख्या दुई सय ६५ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment