Comments Add Comment

कोरोना भाइरस : किराना पसलमा किनमेल गर्न सुरक्षित छ ?

कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न घरभित्रै बस्नुपर्छ, भिडभाडमा जानु हुँदैन भनेपनि दैनिक उपभोग्य वस्तु खरिदका लागि किराना पसल पुग्नु अत्यावश्यक कुरा हो । किराना पसल यस्तो ठाउँ हो, जहाँ ग्राहकको आउजाउ भइरहन्छ । जतिसुकै सावधानी अपनाएपनि त्यहाँ एकअर्काको सम्पर्कमा पुगिन्छ ।

सरसर्ती हेर्दा किराना पसलबाट कोरोना भाइरस फैलने जोखिम देखिन्छ । हुन त अहिलेसम्म खानेकुराको माध्यमबाट कोरोना भाइरस सरेको पाइएको छैन । यद्यपि कोरोनाको भाइरस अनेक माध्यमबाट फैलने हुँदा किराना पसल जोखिमरहित छैन ।

कुनै संक्रमित व्यक्तिले किराना पसलमा पुगेको र त्यहाँको सामान छोएको मात्र भएपनि त्यसैको माध्यमबाट अरुमा कोरोना सर्न सक्छ । त्यसैले किराना पसलसमेत आफै‌ँमा जोखिमपूर्ण ठाउँ हो।

एकातिर दैनिक आवश्यकता टार्नका लागि किराना पसल जानु अत्यावश्यक छ भने अर्कोतिर किराना पसल पूर्णत: सुरक्षित छैन । यस्तो अवस्थामा के गर्ने त ?

बारम्बार घरबाट बाहिर निस्कनु हुँदैन

माथि उल्लेखित समस्याको समाधानको लागि पटक पटक किराना पसल नगएर घरमा आवश्यक सामग्रीलाई एकैपटक ल्याउनु उपयुक्त हुन्छ । बजार जाने बेलामा आवश्यक सामग्रीको सूची तयार गरेर एकै पटकमा लामो समयसम्म पुग्ने खानेकुरा जोहो गर्नु उपयुक्त हुन्छ । कहिले नुन किन्न, कहिले चिनी किन्न, कहिले तेल लिन त कहिले बिस्कुट किन्नका लागि किराना पसल धाइरहँदा जोखिम पनि उत्तिकै मात्रामा बढ्न सक्छ।

किराना पसलमा अरु पनि ग्राहक हुनसक्छन् । उनीहरुसँग दुरी बनाएर उभिनुपर्छ । पालै पालो मात्र सामग्री खरिद गर्नुपर्छ ।

पैसा तिर्ने तरिका

सकेसम्म पसलमा सामान किनेपछि  नगद अथवा कार्डबाट पैसा तिर्नुहुँदैन । यदि तपाईंले किनमेल गरेको पसलमा सुविधा छ भने डिजिटल भुक्तानी गर्नु सबैभन्दा उचित हुन्छ । यदि कोरोनाबाट संक्रमित व्यक्तिले यदि कार्डलाई स्वाइप गर्दा अथवा पैसा फिर्ता गर्दा पनि तपाईं संक्रमित हुन सक्नुहुन्छ ।

खानेकुराको प्याकेटलाई सेनिटाइजर लगाउनु आवश्यक छैन

भाइरस केही घण्टाका लागि मात्र निर्जीव सामाग्रीहरुमा जीवित रहनसक्छ । यद्यपि खानेकुराको प्याकेटमा भाइरसको मात्रा अत्यन्त कम हुनसक्छ । सामानको प्याकेटलाई किटाणुरहित बनाउनुभन्दा ती कुराहरुलाई पानीले मात्र धुन सकिन्छ ।

बाहिरबाट घर फर्किएपछि हात राम्रोसँग सफा गर्नुपर्छ

किराना पसलमा ती कुराहरुलाई मात्र छुनुपर्छ, जुन कुरा तपाईंले किन्ने हो । किनमेल गर्नु अगाडि बास्केट अथवा सामान राख्ने कुरालाई सेनिटाइजरले सफा गर्नु उपयुक्त हुन्छ । बाहिरबाट फर्किएपछि तुरुन्तै आफ्नो हात धुन बिर्सनुहुँदैन ।

लक्षण देखिएमा भयो भने पसल जानुहुँदैन

यदि तपाईंलाई आफूमा कोरोना भाइरसको संक्रमण महसुस भएको छ अथवा तपाईं स्वंय संक्रमित व्यक्तिको हेरचाह गरिरहनुभएकोछ भने तपाईं कुनै पनि सार्वजनिक स्थानमा नजान सल्लाह दिइन्छ। यदि लक्षण महसुस भएको छ भने आफूलाई अरुबाट टाढा राख्ने र डाक्टरलाई जचाउनुपर्छ ।

मोबाइल बोक्नुहुँदैन

किराना पसलमा सामान किन्न जाँदा सकेसम्म आफ्नो मोबाइल फोन बोक्नुहुँदैन । पसलमा पुगेको बेला अचानक फोन आयो भने उठाउनु पर्नेहुन्छ । सामान छोएको हातले फोन उठाउने, कुरा गर्ने गर्नाले फोनमा समेत भाइरस टाँसिने सम्भावना हुन्छ ।

त्यसैले सकेसम्म आफूसँग फोन नलैजानु होला । यदि फोन बोक्नुभएको छ भने पसलमा फोन प्रयोग नगर्नुहोला । यदि गर्नु नै परेमा घर आएपछि आफ्नो फोनलाई सेनिटराइजले सफा गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment