Comments Add Comment

लाफाले बाँड्यो खाद्यान्न

२४ चैत, बुटवल । बुटवलस्थित खेलाडीहरुको क्लब लाफाले दैनिक मजदुरी गरेर गुजारा चलाउने १ सय परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

लाफाले बुटवल–११ का सत्यवती (विनापाते) टोलका ७० र वडा नं ८ का ३० घरधुरीलाई १५ किलो चामल, २ किलो दाल, १ लिटर तेल र एक पोका नुन वितरण गरेको हो ।

लाफा समूहका संरक्षक वासुदेव लामिछाने मगरले लकडाउनका कारण समस्यामा परेकाहरूलाई सानै भए पनि सहयोग गरिएको बताए ।

रगत अभावको सामना गरिरहेकाहरूलाई रगतसमेत उपलब्ध गराएको समूहका उपाध्यक्ष पुरन गाहाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment