Comments Add Comment

विराटनगरका युवाले खुवाए विपन्नलाई खाना

२४ चैत, विराटनगर । विराटनगरमा दैनिक मजदुरी गर्ने र सडकमा मागेर गुजारा चलाउनेहरुलाई स्थानीय युवाहरुले खाना खुवाएका छन् ।

पप्पु अन्सारीले सञ्चालन गर्दै आएको रोयल विर्यानी हाउसमा खाना पकाएर उनीहरुलाई खुवाउने गरिएको छ । खाना पकाउनका लागि अन्सारीले आफ्नो होटलको किचन र कर्मचारी दिएका छन् ।

होटलमा खाना प्याक गरी प्रत्येक दिन बिहान ९ बजेदेखि बजारमा बस्दै आएकाहरुलाई खाना वितरण गरिरहेको सुवेदीले बताए ।

खाना र काम खोज्दै सडकमा आएकाहरुलाई उनीहरु बसेकै स्थानमा पुगेर लकडाउन अवधीभर खाना खुवाउने ओसिम आलमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment