Comments Add Comment

काठमाडौंमा ११५ परिवारलाई राहत वितरण

काठमाडौं । दाताहरूको सहयोगमा त्रिशक्ति क्लब तथा त्रिशक्ति महिला समूहले काठमाडौं महानगरपालिका वडा नं. ५ मा राहत वितरण गरेको छ ।

पिताम्बर मुरारका र सुदिप समद्दारलगायतका दाताहरूको सहयोगमा त्रिशक्ति परिवारले एक सय १५ जनालाई खाद्यान्न सामग्री वितरण गरेको हो।

दाताहरूको सहयोगमा दैनिक ज्याला मजदुरी गरेर आफ्नो गुजार गर्ने अति विपन्न परिवालाई राहत वितरण गरिएको त्रिशक्ति क्लबका अध्यक्ष बालकृष्ण खड्गीले बताए ।

कोरोनाका कारण लकडाउन भएपछि दैनिक रोजीरोटी खोसिएका परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको क्लबले जनाएको छ ।

देशलाई संकट परेको यो घडीमा क्लबले गरेको यो सहयोग एक उदाहरणीय र प्रशंसनीय कार्य भएको बागमती प्रदेश, काठमाडौं क्षेत्र नंम्बर ५ ‘क’ का सांसद नारायण सिलवाले बताए।

क्लबले अति निम्न वर्गहरूको पहिचान गरी राहत वितरण गरेको त्रिशक्ति महिला समूहकी अध्यक्ष बिना के.सीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment