Comments Add Comment

यी हुन् कोरोनाबाट अति प्रभावित १० मुलुक

काठमाडौं । अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वभर फैलिसकेको छ । सन् २०१९ को अन्तिममा चीनको पहिलोपटक वुहानमा देखिएको यो भाइरस अहिले विश्वका सबैजसो मुलुकमा पुगिसकेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, अहिलेसम्म विश्वभर यो भाइरसबाट १३ लाख ४७ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने ७४ हजार आठ सय ७ जना मानिसको मृत्यु भइसकेको छ ।

यहाँ यो भाइरसबाट सबैभन्दा प्रभावित १० मुलुक उल्लेख गरिएको छ –

१. अमेरिका

अमेरिका कोभिड–१९ बाट सबैभन्दा प्रभावित भएको मुलुक हो । अहिलेसम्म अमेरिकामा तीन लाख ६७ हजार एक सय ९६ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । यसबाट मृत्यु हुनेको संख्या पनि १० हजार नौ सय ८६ पुगेको छ । अमेरिकामा १९ हजार आठ सय २८ संक्रमित निको भएका छन् ।

२. स्पेन

स्पेन यूरोपमा कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित मुलुक हो । अहिलेसम्म यो मुलुकमा एक लाख ३६ हजार छ सय ७५ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । यहाँ मृत्यु हुनेको संख्या पनि १३ हजार तीन सय ४१ पुगेको छ । स्पेनमा यो रोगको संक्रमण देखिएका ४० हजार चार सय ३७ जना मानिस निको भइसकेका छन् ।

३. इटाली

कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित हुने मुलुकको सूचीमा इटाली तेस्रो स्थानमा छ । इटालीमा अहिलेसम्म एक लाख ३२ हजार पाँच सय ४७ जना मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १६ हजार पाँच सय २३ जनाको यो भाइरसको कारण मृत्यु भएको छ । इटाली कोभिड–१९ बाट धेरै मानिसको मृत्यु भएको मुलुक हो । अहिलेसम्म यो मुलुकमा २२ हजार आठ सय ३७ संक्रमित निको भएका छन् ।

४. जर्मनी

जर्मनी कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित हुने मुलुकको सूचीमा चौथो नम्बरमा छ । अहिलेसम्म यो मुलुकमा एक लाख तनि हजार तीन सय ७५ संक्रमित फेला परिसकेका छन् । जसमध्ये एक हजार आठ सय १० जनाको मृत्यु भएको छ । अन्य मुलुकको तुलनामा जर्मनीमा संक्रमितको मृत्युदर भने केही कम देखिएको छ । अहिलेसम्म जर्मनीमा २८ हजार सात सय संक्रमित निको भइसकेका छन् ।

५. फ्रान्स

फ्रान्समा संक्रमितको संख्या अहिलेसम्म ९८ हजार नौ सय ८४ पुगेको छ । साथै मृतकको संख्या पनि आठ हजार नौ सय २६ पुगेको छ । अहिलेसम्म फ्रान्समा १७ हजार चार सय २९ संक्रमित निको भएका छन् ।

६. चीन

कोभिड–१९ को उद्गमस्थल चीन यसको महामारीबाट प्रभावित मुलुकको सूचीमा भने छैटौं स्थानमा छ । ८२ हजार छ सय ९७ जना मानिस चीनमा कोभिड–१९ बाट संक्रमित भएका छन् । यसबाट मृत्यु हुनेको संख्या पनि चीन हजार तीन सय ३५ पुगेको छ । चीनमा ७७ हजार तीन सय ९३ संक्रमित निको भइसकेका छन् ।

७. इरान

चीनपछि सबैभन्दा प्रभावित बनेको मुलुक इरान हो । इरानमा अहिलेसम्म ६० हजार पाँच सय संक्रमित फेला परेका छन् । यसमध्ये तीन हजार सात सय ३९ जनाको यसबाट मृत्यु भइसकेको । इरानमा २४ हजार २३६ जना संक्रमित निको भएका छन् ।

८. बेलायत

बेलायत पनि कोभिड–१९ बाट निकै प्रभावित बनेको मुलुक हो । अहिलेसम्म बेलायतमा ५२ हजार दुई सय ७९ जना संक्रमित भेटिएका छन् । यसमध्ये पाँच हजार तीन सय ८५ जनाको मृत्यु भएको छ । अहिलेसम्म दुई सय ८७ जना संक्रमित मात्र निको भएको तथ्यांक छ ।

९. टर्की

टर्की कोरोना भाइरसबाट प्रभावित हुने मुलुकको सूचीमा नवौं स्थानमा परेको छ । अहिलेसम्म टर्कीमा कोभिड–१९ का ३० हजार दुई सय १७ संक्रमित फेला परेका छन् । जसमध्ये छ सय ४९ जनाको मृत्यु भएको छ । त्यस्तै एक हजार तीन सय २७ संक्रमित निको भएका छन् ।

१०. स्विट्जरल्याण्ड

स्विट्जरल्याण्डमा अहिलेसम्म २१ हजार छ सय ५७ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । मुलुकमा अहिलेसम्म सात सय ६५ जना मानिसको मृत्यु भएको छ भने आठ हजार ५६ जना संक्रमित निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment