Comments Add Comment

कोरोनाविरुद्ध लड्न लेडी गागाले उठाइन् चार अर्ब, नयाँ टिभी शो ल्याउँदै

चर्चित अमेरिकी पप गायिका लेडी कोरोनाभाइरसविरुद्धको लडाईंका लागि ३ करोड ५० लाख अमेरिकी डलर (करिब ४ अर्ब रुपैयाँ) संकलन गरेकी छ । ‘ग्लोबल सिटिजन’ नामक कल्याणकारी संस्थामार्फत सो रकम उठाएकी उनले एउटा सचेतनामूलक टिभी शो सञ्चालन गर्नेछिन् ।

करिब एक साताको अवधिमा लेडी गागाले यो रकम संकलन गरेकी हुन् । उनी र उनको संस्था ग्लोबल सिटिजनले ‘वान वर्ल्ड  टुगेदर एट होम’ नामक टिभी कार्यक्रम सञ्चालन गर्नेछ जसमा पल म्इाक कार्टनी, स्टिभ उन्डर र बिल्ली इलिस लगायतको भूमिका रहनेछ । यसले कोरोनाविरुद्ध सचेतना फैलाउने गायिकाको विश्वास छ ।

आउँदो अपि्रल १८ बाट यो कार्यक्रम टेलिभिजन र सामाजिक सञ्जालहरुमा प्रशारण हुने भएको छ । यूट्यूव, एप्पल, फेसबुक, इन्स्टाग्रा र अन्य प्लेटर्फमहरुमा यो कार्यक्रम प्रशारण हुने गागाले बताएकी छन् ।

‘हामी मानव हृदयको शक्तिलाई उत्प्रेरित र उल्लासित बनाउन चाहन्छौं,’ सोमबार आयोजित न्यूज कन्फ्रेन्समा लेडी गागाले भनिन् । कोरोना संक्रमण भएर निको भएका केही कलाकारहरु पनि यो शोमा आउने उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment