Comments Add Comment

कैलालीमा ‘दैलोमै दबाई’ अभियान

२५ चैत कैलाली । मुलुक दुई सातादेखि लकडाउमा छ । सुरक्षाकर्मी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीबाहेक अन्य सबै घरभित्रै बसिरहेका छन् । तर धनगढीका यादव जोशीलाई भने अहिले घरदैलोमै औषधि पुर्याउन भ्याइनभ्याइ छ ।

अत्यावश्यक औषधिको समस्या झेल्दै आएका बिरामीलाई उनी घरमै पुगेर निःशुल्क औषधि दिइरहेका छन् ।

‘नियमित औषधि खाइरहेकाहरुलाई औषधिको अभाव हुन नदिन हामीले जिल्ला प्रशासन कार्यालय र धनगढी उपमहानगरपालिकाबाट अनुमति लिएर यस्तो अभियान सुरु गरेका हौँ,’ उनले भने, ‘औषधिको लागि कोहि बाहिर निस्कन पर्ने अवस्था नआओस् भनेर हामी घरमै पुगिर निःशुल्क सेवा दिइरहेका छौँ ।’

जोशी ‘बोलन्याथली’ नामक एक सामाजिक संस्थाका संयोजक हुन् । यसअघि यो संस्थाले पश्चिम सेती जलविद्युत आयोजना छिटो बनाउन दबाब दिने उद्देश्यले माइतीघर मण्डलामा कचौरा जुलुस र कीर्तिपुरमा सांगीतिक संघर्षलगायतका कार्यक्रम गरेको थियो ।

अहिले बिगत तीन दिनदेखि बोलन्याथलीको ८ जनाको समूहले ‘दैलोमै दवाई’अभियान सुरु गरेकोको छ । ‘फोनबाट र फेसबुक पेजमा धेरैले औषधि माग्नु भएको छ । तर त्यसको महत्व र अनिवार्यता हेरेर हामी घरमै निःशुल्क औषधि पु¥याइदिन्छौँ,’ उनले भने ।

जोशीले सुगर, प्रेसर, मिर्गौलाका बिरामीहरुबाट औषधिको बढी माग आइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment