Comments Add Comment

जनस्वास्थ्य प्रमुख भन्छन्- बागलुङका दुई संक्रमितबाट स्थानीयमा कोरोना सरेको देखिएन

२५ चैत, काठमाडौं । बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका दुई व्यक्तिबाट स्थानीयलाई संक्रमण नसरेको जिल्ला जनस्वास्थ्य प्रमुखले बताएका छन् ।

४ चैतमा बेल्जियमबाट फर्किएकी १९ वर्षीया युवतीमा १५ चैतमा र ६५ वर्षीया वृद्धामा २० गते कोरोना संक्रमण भएको पुष्टि भएको भएको थियो । त्यहाँ पनि धनगढीमा जस्तै स्थानीयमा संक्रमण सरेको हुनसक्ने आशंकामा सरकारले संक्रमित व्यक्तिहरुको घर वरपर पनि र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको छ ।

तर काठमाडौंबाट टोली पुगेको छैन ।
यो पनि पढ्नुहोस एम्बुलेन्स चालक भागेपछि जनस्वास्थ्य प्रमुखले आफैं ल्याए कोरोना संक्रमितलाई अस्पताल

दुबै संक्रमितको कन्ट्याक ट्रेसिङ गरिरहेको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौ भने अहिलेसम्म स्थानीय संक्रमणको सम्भवना नरहेको बताए । भन्छन्, ‘दुबै संक्रमितको परिवारका सदस्यहरु र उहाँहरुलाई लिन जाने ज्वाइँको पनि नमुना परीक्षण गर्‍याै‌ं । सबैको रिपोर्ट नेगेभिट आएको छ ।’

१९ वर्षीया युवतीको परिवारका ७ जना र ६६ वर्षीया बृद्धाको परिवारका चार जनाको कोरोना परीक्षण गरिएको थियो । दुबैको परिवारको सदस्यमा नै संक्रमण नदेखिएकाले अहिलेसम्म स्थानीय संक्रमण छैन भन्न सकिने उनले बताए ।

तर दुबै संक्रमितको सम्पर्कमा आएकाहरुको निगरानी भने भइरहेको उनले जानकारी दिए ।

१९ वर्षीया संक्रमितको सम्पर्कमा आएका ३३/३५ जना छन् भने ६५ वर्षीया बृद्धाको सम्पर्कमा निकै कम मानिस आएको पाइएको जनस्वास्थ्य प्रमुख गुरौले बताए ।

जिल्लामा रहेका भारतबाट आएकाहरुको पनि ¥यापिड टेष्ट गर्ने सरकारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment