Comments Add Comment

बेलायतमा एकैदिन ८५४ को मृत्यु, मृतकको संख्या ६ हजार नाघ्यो

काठमाडौं । बेलायतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) को कारण आठ सय ५४ जनाको मृत्यु भएको छ । डेलिमेलले उल्लेख गरेअनुसार पछिल्लो २४ घण्टामा भाइरसको कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु भएको हो । यससँगै बेलायतमा मृत्यु हुनेको संख्या छ हजार दुई सय २७ पुगेको छ ।

इंगल्याण्डको नेशनल हेल्थ सर्भिस (एनएचएस)का अनुसार, पछिल्लो २४ घण्टामा ७ सय ५८ जनाको मृत्यु भएको बताएको छ । त्यस्तै स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डका स्वास्थ्य निकायले पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेका छन् ।

बेलायतमा सोमबार बेलायतमा २४ घण्टामा केवल चार सय ३७ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको थियो । तर, मंगलबार दैनिक मृतकको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment