Comments Add Comment

कुलेश्वर क्षेत्रका प्रमुख खाद्यन्न गोदाममा उद्योग मन्त्रालयको अनुगमन

२६ चैत, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको टोलीले कुलेश्वरमा निजी क्षेत्रबाट सञ्चालित प्रमुख खाद्यन्न भण्डारहरुको अनुगमन गरेको छ । चामल, पिठो, गुडागुडी, चिनी, फलफूल लगायतका गोदाममा मौज्दात अवस्था र बजारको मागबारे उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालसहितको टोलीले जानकारी लिएको मन्त्रालयले जनाएको छ ।

अनुगमनक्रममा मन्त्री भट्टले लकडाउनका बेला व्यवसायीले भोग्नु परेको समस्या र सरकारले गर्नु पर्ने सहजीकरणबारे व्यवसायीसंग छलफल गरेका थिए । मुलुकको संकटपूर्ण अवस्थामा सरकारलाई सहयोग गर्न आग्रह गर्दै मन्त्री भट्टले अनुचित कार्यलाई सरकारले हदैसम्म निरुत्साहित गर्ने बताएको उनको नीजी सचिवालय प्रमुख विरेन्द्र बस्नेतले जानकारी दिए ।

खाद्यन्न ढुवानी गर्ने सवारीको चालक तथा सामान लोड गर्ने श्रमिकका लागि पास नहुँदा ढुवानीमा समस्या भएको गुनासो व्यवसायीले मन्त्रीलाई गरेका थिए । खाद्य वस्तुको मौज्दात राम्रो रहेको, स्थानीय उत्पादन पनि बजारमा आएको र आयातमा समस्या नभएको व्यवसायीले मन्त्रीलाई जानकारी गराएका थिए । श्रमिकलाई  कार्यालय परिसरमै सुरक्षित क्वारिन्टाईनमा राखेर काम गर्न मन्त्री भट्टले व्यवसायीलाई  सुझाएकाे मन्त्रालयले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment