Comments Add Comment

गोदामको ताला फोडेर राहत वितरण

२६ चैत, कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको गोदाममा लगाइएको ताला फुटाएर विपन्न परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

गाउँपालिकाका विपन्न परिवारलाई वितरण गर्न खरिद गरेर राखिएको राहत गोदाममा अज्ञात समूहले गत आइतबार तालाबन्दी गरेको थियो । गोदाममा ५ सय बोरा चामल, ५१ बोरा दाल, तेल र नुन थियो । बिहीबार गोदामको ताला फुटाएर ती राहत सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिइन् ।

‘गाउँपालिकाका ६ वटै वडाका सात सय ९१ घर विपन्नलाई पहिलो चरणको राहत वितरण सुरु भएको हो,’ पाण्डेले भनिन्, ‘परिवार संख्याको आधारमा अधिकतम ३० किलो चामल वितरण गरिएको छ ।’

कोरोना महामारीको संक्रमणवाट जोगाउन गाउँपालिकामा नयाँ व्यक्तिको प्रवेश निषेधको घोषणा गरेको हुप्सेकोट पूर्वी नवलपरासीको पहिलो पालिका हो । गाउँपालिका प्रवेश गर्ने सबै नाकामा जनप्रतिनिधि र सुरक्षाकर्मी राखेर गाउँ नछिर्न आग्रह गरिँदै आएको अध्यक्ष पाण्डेले दाबी गरिन् ।

नवलपुरका २० जनाको रिपोर्ट नेगेटिभ

पूर्वी नवलपरासीका शंकास्पद २० जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला अस्पताल मध्यविन्दु अस्पतालमा कोरोनाको आशंकामा भर्ना भएका बाँकी दुईको पनि रिपोर्ट नेगेटिभ आएको हो । योसँगै पूर्वी नवलपरासीका कोरोना नेगेटिभ रिपोर्ट आउनेको संख्या २० पुगेको छ ।

मंगलवार कोरोना आशंकामा बाबुछोराको स्वाब परीक्षणका लागि चितवनको भरतपुरमा पठाइएको थियो । मध्यविन्दु जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डा. पुस्कर पौडेलले दुबैको रिपोर्ट नेगेटिभ आएको बताए ।

रामकुमार श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment