Comments Add Comment

इरानले आईएमएफसँग माग्यो पाँच अर्ब डलरको ऋण

काठमाडौं । इरानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग कोरोना भाइरस (कोभिड–१९) सँग लड्न पाँच अर्ब अमेरिकी डलरको आपतकालीन कोष प्रदान गर्न आग्रह गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार, बुधबार राष्ट्रपति हसन रौहानीले आईएमएफसँग ऋणको लागि आग्रह गरेको बताएका हुन् ।

रौहानीले मन्त्रिपरिषद्को बैठकमा बोल्दै आईएमएफलाई आफ्नो जिम्मेवारी निभाउन आग्रह गर्ने बताएका हुन् । उनले इरान पनि आईएमएफको सदस्य राष्ट्र भएकाले ऋण दिने मामिलामा कुनै किसिमको भेदभाव हुनु नहुने बताएका हुन् ।

रौहानीले अमेरिकाले लगाएको प्रतिबन्धको भत्र्सना पनि गरेका छन् । उनले यसलाई ‘आर्थिक तथा मेडिकल आतंकवाद’को संज्ञा दिएका छन् । अमेरिकाको प्रतिबन्धको सामना गरिरहेको इरान अहिले कोरोना भाइरस (कोभिड–१९)को महामारीको कारण समस्यामा परेको छ । जोन्स कप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार इरानमा अहिलेसम्म कोरोना भाइरसको कारण ६४ हजारभन्दा धेरै मानिस संक्रमित बनिसकेका छन् । साथै यसबाट मृत्यु हुनेको संख्या पनि तीन हजार नौ सय ९३ पुगेको छ । अहिलेसम्म इरानमा २७ हजार ३९ जना मानिस निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment