Comments Add Comment

रसुवागढी नाका नखुल्ने

२७ चैत, काठमाडौं । तत्कालका लागि रसुवागढी नाका नखोल्ने जानकारी चीनले नेपाल सरकारलाई गराएको छ । नेपालले अत्यावश्यक वस्तुको मात्रै आयात गर्ने सर्तमा तातोपानी नाकामात्रै खोल्ने जानकारी चीनले पठाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

बुधबार साँझबाट आशिंक रूपमा तातोपानी नाका खुलेको छ । वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चैत १२ गते चीन सरकारलाई तातोपानी र रसुवागढी नाका सञ्चालनको आग्रह गर्दै पत्राचार गरेको थियो ।

नेपालले पत्राचार गरेको ९ दिनपछि परराष्ट्रलाई जवाफ पठाउँदै चीनले तत्कालका लागि तातोपानी नाका मात्रै खोल्न सकिने जनाएको मन्त्रालय स्रोतले बतायो ।

‘चीनले कारण नखुलाई तत्कालका लागि तातोपानी नाका मात्रै खोल्ने जवाफ पठायो, यसमा पनि अत्यावश्यक वस्तु मात्रै चीनबाट आयात गर्ने सर्त छ,’ एक अधिकारीले भने ।

ती अधिकारीकाअनुसार, नेपाल प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी दुवै सञ्चालनको तयारीमा थियो । नेपालले आवश्यकतानुसार आयात निर्यात दुवै व्यापारका लागि नाका खोल्न चाहे पनि चीन नेपालबाट आयातमा अनिच्छुक देखिएको छ । हाललाई रसुवागढी नाका नखोल्ने तातोपानीबाट मात्रै चीनले नेपालसँग कारोबार गर्ने जानकारी आफूलाई आएको तातोपानी भन्सार कार्यालय प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।

‘सबै तयारी पूरा गरे पनि अन्तिममा नाका नखुल्ने जानकारी प्राप्त भयाे,’ खड्काले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment