Comments Add Comment

अमेरिकी राष्ट्रपतिको दौडबाट पछि हटे स्यान्डर्स

२७ चैत, काठमाडौं । बर्नी स्यान्डर्स सन् २०२० को अन्तिममा हुन गइरहेको अमेरिकाको राष्ट्रपति निर्वाचनको मनोनयनबाट पछि हटेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार बुधबार उनले यो मनोनयनको अभियान छाड्ने निर्णय गरेका हुन् । यससँगै डेमोक्रेट्स पार्टीको तर्फबाट जो बाइडनलाई राष्ट्रपतिको उम्मेदवार बन्ने बाटो खुलेको छ ।

बुधबार बर्लिङ्टनस्थित आफ्नो घरबाट सन्देश दिँदै स्यान्डर्सले आफ्नो मनोनयन हुने सम्भावना पनि कमजोर रहेको र अहिले कोरोना भाइरस (कोभिड–१९)को महामारी पनि मुलुकभर फैलिरहेको कारण आफूले मनोनयन छाड्ने निर्णय गरेको बताएका हुन् । स्यान्डर्सले स्वास्थ्य, नवीकरणीय ऊर्जालगायत विषयमा जोड दिँदै आएका थिए ।

स्यान्डर्सले बाइडनलाई शुभकामना दिँदै उनी एक भलादमी व्यक्ति भएको बताएका छन् । बाइडन पूर्वराष्ट्रपति बाराक ओबामाको पालामा उपराष्ट्रपति बनेका थिए ।

उनलाई यसअघि नै राष्ट्रपति उम्मेदवारको रुपमा हेरिएको थियो । रिपब्लिकनको तर्फबाट भने राष्ट्रपति डोनाल्ड ट्रम्प उम्मेदवार बन्ने पक्काजस्तै भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment