Comments Add Comment

काठमाडौंबाट पैदल आउनेलाई लिन गाडी पठाइयो

२७ चैत, विराटनगर । काठमाडौंबाट पैदल हिँडेर सुनसरी आउदै गरेका मजदुरलाई लिन विराटनगरबाट गाडी पठाइएको छ ।

प्रदेश सांसद केदार कार्की र राजीव कोइरालाले ललितपुरबाट पैदल हिँडेर सुनसरी फर्कदै गरेकालाई लिन गाडी पठाएका हुन् ।

काठमाडौंबाट दुईवटा टोली सुनसरीतर्फ हिँडेर आउँदैछ । ‘२७ जनाको टोलीलाई सिन्धुलीमा गाडी व्यवस्था गरेका छौं’ कांग्रेस सांसद कार्कीले भने ‘११ जना वर्दिबासमा आइपुगेका छन् । उनीहरुलाई लिन विराटनगरबाट गाडी पठायौं ।’

११ जनाले भने बाटोमा गाडी भेटेपछि बर्दिबास आइपुगेका थिए । इटहरीका ६ र रामधुनीका ५ जना बर्दिबास आइपुगेको कार्कीले बताए ।

२७ जनालाई सिन्धुलीबाट ल्याउन गाडी पठाइएको पनि कार्कीले जानकारी दिए । बाटोमा चाहिने खानेकुरासहित आकाश श्रेष्ठले गाडीको व्यवस्था गरेको उनले बताए ।

यो पनि पढ्नुहोस ‘काठमाडौंमा भोकले मर्नुभन्दा बौलाउनु निको’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment