Comments Add Comment

प्रत्येक प्रदेशमा पठाइयो ५/५ हजार र्‍यापिड टेस्ट किट

२७ चैत, काठमाडौं । सरकारले सातै वटा प्रदेशमा ५/५ हजार र्‍यापिड टेष्ट किट पठाएको छ ।

सरकारले हालै मात्र यो किटबाट सम्भावित संक्रमित पत्ता लगाएर पीसीआर विधिबाट पुनः परीक्षण गर्ने निर्णय गरेको थियो । त्यसअनुसार कैलाली र कञ्ञ्चनपुरबाट १९६ वटा नमुना संकलन गरेर परीक्षण भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार अहिले र्‍यापिड डायग्नोस्टिक टेष्टका लागि सबै प्रदेशमा ५/५ हजार किट पठाइएको छ ।

तर यसको प्रभावकारितामा भने प्रश्न छ ।

र्‍यापिड टेस्टका लागि एन्टिजेन र एन्टिबडी बेस्ड गरी दुई किसिमको किट हुन्छ । केही दिनअघि ओम्नी समूहसँग भएको विवादास्पद सम्झौताअनुसार चीनबाट ल्याइएको ७५ हजार किट एन्टिबडी बेस्ड हो । यसले कोरोना भाइरस संक्रमण भएको ३–४ दिन भइसक्दा पनि पहिचान नगर्न सक्ने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस कैलाली र कञ्चनपुरमा संकलित ६६ नमुनाको रिपोर्ट नेगेटिभ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment