Comments Add Comment

सुदूरपश्चिममा विपन्न परिवारले राहतमा नगदै ३ हजार पाउने

२७ चैत्र कैलाली । सुदूरपश्चिम प्रदेशका विपन्न, असहाय र ज्यालादारी मजदुरका परिवारलाई प्रदेश सरकारले प्रतिपरिवार तीन हजार रुपैयाँ नगद राहत दिने भएको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले विपन्न, असहाय र ज्यालादारी मजदुर परिवारलाई तीन हजार रुपैयाँका दरले राहत दिन स्थानीय तहलाई  १६ करोड रुपैयाँ दिने निर्णय गरेको छ ।

प्रदेश सरकारले स्वास्थ्यकर्मी सुरक्षाकर्मी र सञ्चारकर्मीको समेत बिमा गर्ने निर्णय गरेको छ ।

। प्रदेशमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको १५ लाखको र सञ्चारकर्मीको १५ लाख रुपैयाँको बीमा गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले जानकारी दिए  ।

त्यस्तै अस्पतालहरुमा अस्पता विकास समिति मातहत रहेका स्वास्थ्यकर्मीलाई पनि प्रोत्साहन भत्ताको ब्यवस्था गरिने उनले बताए ।

२० भेन्टिलेटर खरिद गर्ने

सुदूर पश्चिम प्रदेशका सबै जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटरको खरिद गर्ने समेत मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

सबै जिल्ला प्रशासन कार्यालयलाई ५ लाख रुपैयाँका दरले र नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको लागि १५ लाख रुपैयाँ ब्यवस्थापन खर्च दिने निर्णय गरेको पनि मन्त्री शाहले बताए  ।

प्रदेशमा फागुन मशान्तसम्म तिर्नुपर्ने कर, शुल्क र दस्तुर तिर्ने अवधि वैशाख मसान्तसम्म थप गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम कोष सञ्‍चालन निर्देशिका र राहत वितरण मापदण्डसमेत  पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment