Comments Add Comment

ईयूले पाँच खर्ब यूरो आर्थिक सहायता प्याकेज ल्याउँदै 

२८ चैत, काठमाडौं । यूरोपेली संघ (ईयू)ले कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अहिले संकटमा परेको अर्थतन्त्रलाई टेवा दिन पाँच खर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याउने भएको छ । बिहीबार ईयूका अर्थमन्त्रीहरुको बीचमा पाँच खर्ब यूरोको आर्थिक सहायता प्याकेजको लागि सहमति जुटेको हो ।

बीबीसीकाअनुसार पछिल्लो समय यो महामारीको कारण समग्र यूरोप प्रभावित भएको अवस्थामा यो प्याकेजमा ईयूका मुलुकहरु बीच यस्तो सहमति जुटेको हो । यद्यपि यूरोपको सबैभन्दा प्रभावित मुलुक स्पेनले महामारी अब नियन्त्रणतर्फ अघि बढेको बताएको छ । बिहीबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)की प्रमुख क्रिस्टालिना जोर्जिएभाले यस वर्ष विश्व अर्थतन्त्रमा एक शताब्दीयताकै ठूलो गिरावट आउनसक्ने चेतावनी दिएकी थिइन् ।

ब्रसेल्समा भएको बैठकमा ईयूका मन्त्रीहरु फ्रान्स र इटालीले राखेको मागमा भने सहमत हुन सकेका थिएनन् । यो आर्थिक सहायता प्याकेज यसअघि यूरोपेली केन्द्रीय बैंकले सुझाएको भन्दा कम हो । केन्द्रीय बैंकले १५ खर्ब यूरोको आर्थिक सहायता प्याकेज आवश्यक रहेको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment