Comments Add Comment

बुटवलका जनप्रतिनिधिको बैठक भत्ता राहत कोषमा

२८ चैत, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिले ६ महिनाको बैठक भत्ताको रकम राहत कोषमा जम्मा गर्ने भएका छन् ।

बुटवलले स्थापना गरेको विपद् व्यवस्थापन तथा राहत कोषमा बैठक भत्ता बापतको रकम १ लाख ४२ हजार रुपैयाँ हुन आउँछ । जनप्रतिनिधिले कार्यपालिका बैठकको भत्ता मात्रै उपलब्ध हुँदै आएको छ । बुटवल उपमहानगरमा १९ वटा वडा छन् ।

सोही बापतको रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

उपमहानगरको हालै बसेको संकटकालिन (आपतकाल) व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको थियो ।

यसैगरी बुटवल उपमहानगरपालिकाका कर्मचारीहरुले पनि पारिश्रमिकको केही हिस्सा रकम विपद् व्यवस्थापन तथा राहत कोषमा जम्मा गर्ने भएका छन् । उपमहानगरका तीन सय छ जना कर्मचारीहरुले एकमुष्ट ११ लाख दुई हजार नौ सय ३७ रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment