Comments Add Comment

इंग्ल्याण्डका पूर्वखेलाडीलाई कोरोना

२८ चैत, काठमाडौं । इंग्ल्यान्डका पूर्वडिफेन्डर नोर्मन हन्टरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इंग्ल्याण्ड तथा लिड्स युनाइटेडका लिजेण्ड हन्टरलाई कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

उनको पूर्वक्लब लिड्सले शुक्रबार विज्ञप्ति जारी गर्दै हन्टरलाई कोरोना पोजिटिभ देखिएको र अस्पताल भर्ना भएको जनाएको छ ।

लिड्सले आफ्ना लिजेन्ड हन्टरको अस्पतालमा उपचार भइरहेको समेत जनाएको छ ।

७६ वर्षीय हन्टरले इंग्ल्यान्डको लागि २८ खेल खेलका छन् । सन् १९६६ मा इंग्ल्याण्डले विश्वकप फुटबलको उपाधि जित्दा उनी टिममा थिए । तर, कुनै खेल खेल्न भने पाएका थिएनन् ।

१५ वर्ष लिड्समा रहँदा उनले सात सय २६ खेल खेले। जहाँ उनले दुई लिग उपाधि जिते भने सन् १९७५ को युरोपियन फाइनल समेत खेलेका थिए । उक्त फाइनलमा लिड्स वायर्न म्युनिखसँग पराजित भएको थियो । हन्टरले ब्रिस्टोल सिटी र बार्न्सलेबाट समेत खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment