Comments Add Comment

राहत वितरणको नयाँ शैली

२९ चैत, सप्तरी । न कुनै भिड । न त दाताकै उपस्थिति । न त नामावली संकलन । न त बाँड्नुपर्ने झन्झट । जसको चुल्हो बलेको छैन उसले सिधै पोका उठाउँछन् । र, घरतिर लाग्छन् ।

सप्तरी सदरमुकाम राजविराजमा यस्तै तरिकाको राहत वितरण सुरु गरिएको छ । स्थानीय गजेन्द्र चोकमा पोका पारिएका राहत सामग्री राखिएका छन् । आवश्यकता हुने परिवारले यो पोका लिएर गइरहेका छन् ।

स्थानीय केही युवाले शनिबारदेखि यही तरिका अपनाएर वितरण गर्न सुरु गरेका छन् । स्थानीय युवा व्यापारीहरू अमृत संचेती, शेरु खानसहितकाले राहत वितरणका लागि यस्तो विधि अपनाएका हुन् ।

पहिलो दिन २५ परिवारका लागि २५ वटा राहतको पोका बनाएर गजेन्द्र चोकमा राखिएको युवा व्यापारी संचेतीले बताए । उनका अनुसार १२ किलो चामल दुई किलो दाल, दुई केजी आलु एक लिटर तेल, एक किलो नुनसहितको राहत पोका चोकमा राखिएको थियो ।

संचेतीले गुप्त दान आफूहरुले सुरु गर्दै अरुलाई प्रोत्साहित समेत गरेको बताए । दैनिक रुपमा नसकेपनि केहीकेही दिनको फरकमा आफूहरुले लकडाउनको अवधिमा यो अभियान सञ्चालन गरिने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment