Comments Add Comment

चट्याङ र हुरीबाट सतर्क रहन आग्रह

२९ चैत, काठमाडौं । कोभिड-१९ बाट जोगिन लकडाउन बसिरहेका बेला जल तथा मौसम पूर्वानुमान महाशाखाले चट्याङ र हुरी बतासबाट जोगिन आग्रह गरेको छ ।

महाशाखाले प्रदेश १, वाग्मती, गण्डकी र प्रदेश ५ मा विशेष सर्तकता अपनाउन आग्रह गरेको हो ।

मौसमविद् राजु प्रधानाङ्गले मेघ गर्जन, चट्याङ र हुरी बताससहित वर्षा गराउने बादल विकसित भइरहेको जानकारी दिए । उनका अनुसार स्थानीय वायुको प्रभावका कारण हुने यो वर्षा लामो भने हुँदैन ।

‘लगभग नेपालको पहाडी क्षेत्रको सबैतिर मौसम बदली भएको छ, साँझपख सामान्य वर्षा हुन्छ’ उनले भने ‘यो बदली धेरै समय पनि रहँदैन ।’

यो पनि पढ्नुहोस पहाडी क्षेत्रमा मौसम बदली, साँझ पानी पर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment