Comments Add Comment

लकडाउन कडा बनाउन र कालोबजारी नियन्त्रण गर्न डिएलएको सरकारसँग आग्रह

काठमाडौ । लोकतन्त्रवादी कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)ले सरकारलाई झण्डै दुई सातादेखि जारी रहेको लकडाउनमा कडाइ गर्ने लगायत १७ बुँदे सुझाव पेश गरेको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि पर्याप्त प्रयास नभएकोमा चिन्ता व्यक्त गर्दै एसोसिएसनले लकडाउनको समयमा बढिरहेको कालोबजारी रोक्नेदेखि लकडाउनमा बाहिर निस्कनेहरुलाई कडाइ गर्नेसम्म समेटेर सुझाव पेश गरेको हो ।

एसोसिएसनले शनिबार वक्तव्य जारी गर्दै सीमित साधन र श्रोतका बाबजुद उच्च मनोबलका साथ खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतप्रति सम्मान व्यक्त गरेको छ ।

एसोसिएसनकी महासचिव लक्ष्मीदेवी दाहाल रावलद्धारा जारी वक्तव्यमा दैनिक उपभोग्य सामान सर्वसुलभ गराउन र अनुगमन गर्न, किनबेचका क्रममा भएको भिड अन्त्य गर्न, राहत वितरणमा मिडियाबाजी नगर्न समेत सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment