Comments Add Comment

कृषि उपज खेर जान नदिन कृषि समितिको निर्देशन

फाइल तस्वीर

२९ चैत, काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई कृषि उपज बजारमा पुर्‍याउने व्यवस्था गर्न निर्देशन दिएको छ ।

समिति सदस्यहरुसँग टेलिफोन र भिडियोमार्फत परामर्श गरेर कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस्तो निर्देशन दिइएको सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन् ।

कोरोना भाइरस (कोभिड-१९) को जोखिम न्यूनीकरण गर्न सरकारले देशभर लकडाउन गरेको छ ।

यो बेला कैलालीको टीकापुरमा केरा उत्पादक किसान तथा अन्य देशभरका किसानहरुलाई परेका समस्याहरुको स्मरण गर्दै कुखुरा, अण्डा, माछामासु, तरकारी, फलफूल उत्पादक किसानहरुलाई पुगेको क्षति अपुरणीय रहेकाले सरकारको ध्यानाकर्षण गर्नुपरेको सुवेदीले बताएकी छिन् ।

लकडाउनको अवधिमा नेपाली कृषकहरुको उत्पादन निर्वाध रुपमा उपभोक्ता समक्ष पुग्न समस्या भएको प्रतिसमितिको गम्भीर ध्यानाकर्षण भएको सभापति सुवेदीले निर्णयमा उल्लेख गरेकी छन् ।

‘एकातर्फ किसानबाट उत्पादित कृषिजन्य पदार्थको पहुँच बजारसम्म हुन सकेको छैन भने अर्कोतर्फ उक्त वस्तुहरु उपभोक्ताहरुले सहज रुपमा पाउन नसकेको अवस्था छ’ समिति सभापतिले भनिन् । त्यसैले किसानबाट उत्पादित कृषि सामग्रीहरु सुरक्षित रुपमा तत्काल बजारमा पुर्‍याउने व्यवस्था गर्न निर्देशन दिएको बताइन् ।

दूध उत्पादक किसानले बजारको समस्याका कारण उत्पादित दूध नष्ट गर्नुपर्ने अवस्था भएकोले सुरक्षित तरिकाले दूध संकलन एवं बिक्री गर्ने प्रवन्ध तत्काल गर्न पनि सरकारलाई निर्देशन दिइएको छ ।

‘दूधको उपभोक्ता बाहिर ननिस्किँदा दूध खपत नहुने अवस्था भएकाले दूधलाई पाउडर बनाउने व्यवस्था गर्न पनि समितिले सरकारको ध्यानाकर्षण गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment