Comments Add Comment

सुदूरपश्चिमका सबै जिल्लामा सुरु भयो र्‍यापिड टेस्ट

२९ चैत, काठमाडौं । सुदूरपश्चिमका सबै जिल्लामा कोरोना भाइरस (कोभिड-१९) को र्‍यापिड टेस्ट सुरु भएको छ ।

शनिबार बझाङ र दार्चुलामा र्‍यापिड डायग्नोस्टिक टेस्ट किट पुगेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससँगै सबै जिल्लामा र्‍यापिड टेस्ट सुरु भएको निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिए ।

उनकाअनुसार सुरुमा स्थानीय तहको क्वारेन्टाइनमा राखिएका सबैको परीक्षण गरिनेछ भने दोस्रो चरणमा होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण हुनेछ । तेस्रो चरणमा लक्षण देखिएकाहरुमा पनि परीक्षण गर्ने तयारी छ ।

कैलालीको धनगढी उपमहानगपालिका–५ मा स्थानीय संक्रमण देखिएसँगै सुदूरपश्चिमलाई सबैभन्दा जोखिममा रहेको प्रदेश मानिएको छ । त्यहीकारण सरकारले पनि जोखिममा रहेका क्षेत्रहरुमा र्‍यापिड टेस्टका लगि अनुमति दिएको थियो।

तर, ओम्नी समूहसँग भएको विवादास्पद सम्झौताअनुसार आएको र्‍यापिड टेष्ट किटहरु एन्टिबडी बेस्ड हो । यसले कोरोना भाइरस संक्रमण भएको ३–४ दिन भइसक्दा पनि पहिचान नगर्नसक्ने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।

तर, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा भन्छन्, ‘१४ दिनको हाराहारीमा बाहिरबाट आएकाहरु हुनुहुन्छ । अब रोग प्रतिरोधात्मक शक्ति आइसकेको अवस्थामा यो किटले परीक्षण गर्दा पत्ता लगाउन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment